युवा संघ नेपालकाे राष्ट्रियताका लागि युवा दबाब कार्यक्रम

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । सत्तारुढ घटक नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले माइतीघर मन्डलामा राष्ट्रियताका लागि युवा दबाब कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्रिय युवा संघ नेपालले नेपाली नोटमा नेपालको नक्सा छाप्ने सरकारको निर्णयलाई समर्थन गर्दै त्यसका विरुद्ध बोल्ने भारत र नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकारको बिज्ञप्तीप्रति आपत्ति जनाउँदै आन्दोलन गरेको छ ।

देशमा रोजगारीको सिर्जना नगरी रुसी सेनामा जान बाध्य पारेको भन्दै सरकारलाई ध्यानाकर्षणसमेत गराएका थिए । देशका युवाको अवस्थालाई सरकारले बेवास्ता गरेको भन्दै युवासङले आपत्ति जनाएको थियो ।

नेकपा (एस) का युवाहरुले राष्ट्रियतालाई बलियो बनाउन, जनजीवनलाई सहज बनाउन साथै भ्रष्ट्राचार र बेथितिको विरुद्ध 'हाम्रो नोटमा हाम्रै देश-आन्तरिक मामिलामा नगर हस्तक्षेप' लगायतको नारा लिएर ४०० बाइक र्‍याली गर्दै माइतीघरमा कोण सभा गरि समापन गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?