आईसीसी क्रिकेट विश्वकप लिग–२ : यूएईको सामना गर्दै नेपाल

Read Time = 1 min

काठमाडौं । पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध संघर्षपूर्ण जित निकालेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग सामना गर्दैछ ।
सारजाहमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल शृंखलामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो ।
यूएई समेत लगातार दोस्रो जित निकाल्ने योजनामा छ । उसले पहिलो खेलमा पीएनजीलाई नै ७ विकेटले पराजित गरेको थियो ।
हालसम्म नेपाल र यूएई एकदिवसीय अन्तर्राष्ट्रियमा चार पटक आमने-सामने भएका छन् । जसमा नेपाल र यूएई दुबैले समान २ पटक जित हात पारेका छन् ।
लिगमा यूएई १५ खेलमा ८ जित निकाल्दै १८ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल भने ९ खेलमा १० अंक जोडेर छैटौं स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?