बार्सिलोनाद्वारा सेभिया पराजित

Read Time = 3 mins

बार्सिलोना । बार्सिलोनाले स्पेनिस ला लिगामा सेभियालाई तीन-शून्यले पराजित गरेको छ । बार्सिलोनाको जितमा जोर्डी अल्वा, पाब्लो गाभी र राफिन्हाले गोल गर्नुभयो । ५८औँ मिनेटमा जोर्डी अल्वाले फ्रान्क केसीको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाउनुभयो । ७०औँ मिनेटमा पाब्ला गाभीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पार्नुभयो । ७९औँ मिनेटमा राफिन्हाले अल्वाको पासमा गोल गर्दै बार्सिलोनालाई तीन-शून्यको सहज जित दिलाउनुभयो ।

यस जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाको २० खेलबाट ५३ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ४५ अंक छ । पराजित सेभिया २१ अंक जोडेर १६औँ स्थानमा छ ।

यता, इङ्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परले म्यानचेस्टर सिटीलाई एक-शून्य गोलअन्तरले पराजित गरेको छ । खेलको १५औँ मिनेटमा केनको गोलबाट टोटेनहमले जित हात पारेको थियो ।

यस जितसँगै पाँचौँ स्थानमा रहेको टोटेनहमको २२ खेलबाट ३९ अंक पुगेको छ । पराजित सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दूरी छोट्याउने अवसर गुमाएको छ । सिटीको २२ खेलबाट ४५ अंक रहेको छ । एक खेल कम खेलेको आर्सनलको ५० अंक छ । आर्सनल अझै पाँच अंकले अघि छ ।

प्रिमियर लिगकै अर्काे खेलमा नटिङहम फरेस्टले लिड्स युनाइटेडलाई एक-शून्यले पराजित गरेको छ । नटिङहमको जितमा ब्रेननान जोन्सनले १४औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यस जितसँगै नटिङहम २० खेलबाट २४ अंक जोडेर १३औँ स्थानमा उक्लिएको छ । पराजित लिड्स १८ अंक जोडेर १७औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?