मुगु । कर्णाली प्रदेश खेककुद विकास परिषदको आर्थिक सहयोग र मुगु जिल्ला खेलकुद विकास समितिको आयोजनामा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र रारातालको किनारमा पहिलो पटक आयोजना गरिएको कर्णाली प्रदेश स्तरीय रारा कप खुल्ला महिला तथा पुरुष कबड्डी प्रतियोगिताको महिला र पुरुष तर्फका दुबै प्रथम उपाधि सुर्खेत हातपारेको छ ।
शुक्रवार प्रथम उपाधि लागि फाइनल खेल खेल्दै पुरुषतर्फ दैलेखलाई हराउदै सुर्खेतले प्रथम उपाधि हात पारेको हो भने महिला तर्फ पनि सल्यानलाई हराउँदै सुर्खेतले प्रथम उपाधि हात पारेको थियो ।
उक्त फाइनल प्रतियोगितामा पुरुषतर्फ सुर्खेतले ४७ अंक प्राप्त गर्दा दैलेखले २९ अन्क ल्याइ उप बिजेता भयो ।
त्यस्तै महिलातर्फ सुर्खेतले २९ अंक प्राप्त गर्दा सल्यानले २७ अंक मात्र प्राप्त गरी उप बिजेता भएको जिल्ला खेलकुद विकास समिति मुगुका अध्यक्ष वीरेन्द्र बहादुर मल्लले जानकारी गराउनु भयो ।
नक आउट विधिबाट खेलाइएको खेलमा पुरुषतर्फ तृतीय जाजरकोट र सल्यान भए भने महिलातर्फ जाजरकोट र कालिकोट तृतीय भएका छन ।
प्रतियोगितामा कर्णाली प्रदेशका पुरुष टिम तर्फ हुम्ला बाहेक ९ जिल्लाको सहभागिता रहेको थियो भने महिला टिम तर्फ डोल्पा, हुम्ला र रुकुमपश्चिम बाहेकका अन्य ७ जिल्लाको सहभागिता भएका थिए ।
बुधवारबाट सुरु भएको प्रतियोगिता तीन दिनसम्म चलेको थियो । शुक्रवार समापन भएको उक्त प्रतियोगितामा निबर्तमान प्रतिनिधि सभा सदस्य गोपाल बहादुर बमको समेत सहभागिता रहेको थियो ।
समापन समारोहमा बोल्दै नेता निवर्तमान प्रतिनिधि सभा सदस्य बमले राराको किनारमा मुगु जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको यो प्रतियोगिता मात्र नभई खेल मार्फत यसले राराको पर्यटन प्रबर्दनमा ठुलो योगदान पु्याउनका साथै अगामी दिनहरुमा अन्य सरोकारवाला निमायहरुले रारामा अन्य खेलकुद प्रतियोगिता आयोजना गर्न वातावरण तयार पारेको बताउनु भयो ।
कर्णाली प्रदेश खेलकुद विकास परिषदका बोर्ड सदस्य टक्क बहादुर शाहीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजकको रुपमा रहेको कर्णाली प्रदेशले पछिल्लो समय १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिदै गर्दा आन्तरिक खेल गतिविधिलाई निरन्तरता र तिव्रता दिन थालेको बताउनु भयो ।
उहाँले खेललाई पर्यटनसँग जोड्ने उदेश्यले पहिलो पटक कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल राराको किनारमा प्रदेश स्तरीय रारा कप खुल्ला पहिला पुरुष कबड्डी प्रतियोगिताको आयोजना गरिएको भन्दै यसले अब राम्रो सन्देश दिने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच