![जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Pradesh-Sabha-Bagmati.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिकाले गोदावरी मेयर कपको उपाधि चुमेको छ । काठमाडौं महानगर गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिकालाई २-१ गोल अन्तरले पराजित गर्दै विजेता बनेको हो ।
उपाधि विजेता काठमाडौं महानगरपालिकाले प्रथम पुरस्कार पाँच लाख र उपविजेता चन्द्रागिरि नगरपालिकाले तीन लाख प्राप्त गरेका छन् ।
गत वैशाख २९ गते सम्पन्न हुने गरी तयारी गरिएको प्रतियोगिता वर्षातका कारण सेमिफाइनल खेल रोकिँदा ढिला सम्पन्न भएको प्रतियोगिताका संयोजक निरोज बज्राचार्यले जानकारी गराउनुभयो ।
गोदावरी नगरपालिकाको आयोजनामा गत वैशाख १५ गतेदेखि प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिता भएको थियो । उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिम प्रतियोगितामा प्रतिस्पर्धाका लागि सहभागी थिए ।
उपाधि हात पारेको टिमलाई मेयर बालेन्द्र साह (बालेन) ले बधाई दिनुभएको छ । सामाजिक सञ्जालमार्फत् उहाँले तस्बिरहरू सेयर गर्दै मेयर कपको उपाधि हात पारेकोमा बधाई दिनुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच