![चितवनको इच्छाकामना पूर्णविद्युतिकरण गाउँपालिका घोषणा](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Kulman-Ghising.jpg)
काठमाडौं । एनसिसिएस आमन्त्रित महिला तथा पुरुष भ्याली कप टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि सुरु हुने भएको छ । भक्तपुर जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता १२ देखि १९ गतेसम्म हुन लागेको हो । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ तीन टोली सहभागी हुने आयोजकले जनाएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो ।
प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ६ टिमको सहभागिता हुने भक्तपुर जिल्ला क्रिकेट संघका अध्यक्ष अध्यक्ष डा. मनिषराज पाण्डेले जानकारी दिनुभयो । जसमा उपत्यकाका तीन जिल्लाबाट दुई-दुई टिम सहभागी हुनेछन् ।
प्रतियोगितामा भक्तपुर क्रिकेट सेन्टर र भक्तपुर क्रिकेट एक्सलेन्स सेन्टर, ललितपुरका बल पार्क स्पोर्ट्स इभेन्ट एण्ड एकेडेमी र ग्रेट हिमालय क्रिकेट एकेडेमी तथा काठमाडौंबाट क्रिकेट एक्सलेन्स सेन्टर र ओसिस क्रिकेट एकेडेमी छन् । पुरुष टिमतर्फ दुई समूहमा विभाजन गरिनेछ र लिग चरणपछि शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
महिलातर्फ तीनवटा जिल्लाका टिमको सहभागिता रहनेछ । महिलातर्फ डबल राउण्ड रोविनमा खेल हुनेछ र शीर्ष दुई टोलीबीच फाइनल खेल खेलाइनेछ । प्रतियोगिता मूलपानी क्रिकेट मैदानमा हुनेछ ।
विजेता महिला र पुरुष टोलीले नगद २५ हजार पाउनेछन् भने उपविजेता दुवै टिमले समान १५ हजार पाउनेछन् । यस्तै, व्यक्तिगत उत्कृष्टलाई पनि नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
यो वर्षदेखि महिला र पुरुषको प्रतियोगिता सुरुवात गर्न लागेको र ग्रासरुट क्रिकेटलाई पनि सशक्त ढंगले अघि बढाउने लक्ष्यसहित प्रतियोगिता गर्न लागेको भक्तपुर जिल्ला क्रिकेट संघका अध्यक्ष डा. मनिषराज पाण्डेले जानकारी दिनुभयो । प्रतियोगिताको मुख्य प्रायोजकमा एनसिसिएस ग्रुप छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच