![मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व संकलन](https://ehimalayatimes.com/wp-content/uploads/2023/07/mechi-bhansar.jpg)
काठमाडौं । रेलिगेसन क्षेत्रमा संघर्षरत गोलबजार स्पोर्ट्स क्लबविरुद्ध २-१ को जित निकाल्दै आरसी-३२ स्पोर्ट्स एकेडेमी शहीद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न पहिलो खेलमा आरसी-३२ ले गोलबजारलाई पराजित गरेको हो ।
आरसी-३२ लाई जित दिलाउन सुजन मगर र आशिष लावतीले गोल गर्नुभयो । गोलबजारका नरेश राईले एक गोल फर्काउनुभएको थियो । खेलको ३६औँ मिनेटमा सुजनको गोलमार्फत् आरसी–३२ ले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा १-० को अग्रता बनाएको आरसी-३२ ले दोस्रो हाफमा थप १ गोल थप्यो ।
६४औँ मिनेटमा विनुले पेनाल्टीमार्फत् गोल गर्दै गोलबजारलाई एक/एकको बराबरीमा ल्याउनुभयो । त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा आशिषले गोल गर्दै आरसी-३२ लाई २-१ को रोमाञ्चक जित दिलाउनुभयो ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको आरसीले नौ खेलबाट १९ अंक जोडेको छ । आरसी–३२ भन्दा पछाडि रहेको बागमतीको आठ खेलबाट १७ अंक छ । पराजित गोलबजार भने समान खेलबाट पाँच अंकसहित पुछारमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच