मोहन बस्नेत : भरोसायोग्य व्यक्ति कर्मनिष्ठ नेता

हिमालय टाइम्स
Read Time = 14 mins

✍️ मोतीराज बम

राजनीति विचारप्रधान कि कर्मप्रधान ? यो आमबहसको विषय हो । कसैलाई विचारप्रधान लाग्छ होला त कसैलाई कर्मप्रधान ! वास्तवमा विचार र कर्म राजनीतिमा एक सिक्काका दुई पाटा हुन् । विचारले निर्देशित गर्छ कर्मले परिणाम दिन्छ । कार्लमाक्र्सद्वारा प्रतिपादित वर्गविहीन समाज अर्थात् साम्यवाद विचार हो । त्यसैको जगमा उभिएर बीपी कोइरालाद्वारा प्रतिपादित प्रजातान्त्रिक समाजवाद विचार हो तर अंग्रेज शासकका विरुद्ध भारतमा महात्मा गान्धीले चलाएको ‘अहिंसा र शान्ति’ आन्दोलन कर्म हो । नेपालमा पनि पञ्चायतविरुद्ध कृष्णप्रसाद भट्टराई र महेन्द्रनारायण निधिले महात्मा गान्धीको यो पदमार्गको अनुशरण गरे ।

राजनीतिमा विचार र कर्म दुवै एकदमै अपरिहार्य हुन् । जसले विचार र कर्मलाई राजनीतिमा एकैसाथ डोहोर्‍याउने हिम्मत राख्छ ऊ सफल हुन्छ । धेरैजसो राजनीतिज्ञहरू सुविचारभन्दा कुविचार, सुकर्मभन्दा कुकर्ममा लाग्छन् तब राजनीति बद्नाम हुन्छ । त्यसैले त राजनीतिलाई फोहोरी खेल पनि भनिन्छ । होइन भने राजनीति सबैभन्दा उच्चतम सेवाग्राही व्यवस्था हो । जनताका आधारभूत आवश्यकता र राष्ट्रको स्वाधीनता बचाउने जनअपेक्षाको एकमात्र कडी राजनीति हो । मान्छेले राजनीति नगर्न सक्छन् तर राजनीतिबाट चाहेर पनि अलग रहन सक्दैनन् । यसर्थ राजनीति पनि जरुरी छ, देश र जनताको आमूल विकास र समृद्धिमा राजनीतिज्ञको दिल सफा र स्वच्छ हुन पनि जरुरी छ ।

मोहन बस्नेत मार्सल आर्टका विद्यार्थी हुन् । खेलकुदमा पनि रुचि छ । खेलाडी भएकै कारण थकान भन्ने शब्द उहाँको हकमा लागू हुँदैन । जिल्लामा होस् या काठमाडौंमा अथवा काठमाडौंबाहिर, जनताका समस्या समाधान गर्न खटिरहने बानी छ । 

पुँजीवादी व्यवस्थामा स्वच्छ र सफा दिल भएका राजनीतिज्ञहरू भेटिन मुस्किल पर्छ । तापनि केही राजनीतिज्ञहरू देश र जनताका लागि केही गरौं भन्ने आँट गर्छन्, प्रयत्न गर्छन् । विरोध गर्नेका लागि विरोध र आलोचना गर्नेका लागि आलोचनाबाट अलग रहन जोकसैलाई पनि अप्ठ्यारो छ यो मानवीय गुण हो । उहाँलाई नानाथरी लाञ्छना लाउनेहरूको ताँतीलामै छ । झन् कम्युनिष्ट नेता केशव बडालसँगको अन्तर्वार्ताले त शायद एउटा पनि कम्युनिष्ट छैन होला उहाँलाई गाली नगर्ने । हक्की र खरो स्वभावले गर्दा पनि उहाँ आलोचनाको घर हो भन्दा फरक नपर्ला ।

त्यति गर्दा पनि आमसमुदाय र पार्टीका आमकार्यकर्ताबीच अधिक लोकप्रिय हुनुहुन्छ उहाँ अर्थात् वर्तमान स्वास्थ तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत । उहाँ कर्मका कारण लोकप्रिय हुनुभएको हो । उहाँको कर्म जनसमस्यामा केन्द्रित हुन्छ । स्वास्थ राज्यमन्त्री हुँदाहोस्, सूचना तथा सञ्चार मन्त्री हुँदाहोस् अहिले स्वास्थ तथा जनसंख्या मन्त्री हुँदा ।

पचास÷एकाउन्न सालतिरको एउटा स्मृति । उहाँ सिंहदरबारभित्रको प्रतिनिधिसभा (ग्यालरी बैठक) भवनअगाडि सेतो दौरासुरुवाल, कालोकोट, पाल्पाली ढाकाटोपी, हातमा कालो लेदरको ब्याग समातेको गोरो, खदिलो जिउडाल भएको ठिटो उभिँदा त्यहाँ भएका जोकोहीको नजर त्यही ठिटोतिर पथ्र्यो । कोही त्यो ठिटोलाई देखेर आपसमा खासखुस गर्थे । ‘सिन्धुपाल्चोकमा पशुपतिशमशेरलाई टक्कर दिने कांग्र्रेसको नेता यही हो अरूले त सक्दै सक्दैनन् । बस्नेत काजीको छोरो पनि हो खाइलाग्दो पनि छ यही हो महसुर नेता ।’ म पुलिसको क्यान्टिनभित्र चिया, भुटनचिउरा खाँदै सुनिरहेको र हेरिरहेको हुन्थे त्यो बहादुर तन्नेरीलाई ।

शायद त्यतिबेला उहाँ कांग्र्रेसको जिल्लास्तरीय नेता हुनुहुन्थ्यो । बिस्तारै मोहनबहादुर बस्नेतका दिन खुल्दै गए । जिल्लाबाट केन्द्रीय नेता बन्नुभयो । पार्टीले विश्वास ग¥यो टिकट दिँदै गयो । जनताको मन र मस्तिष्कमा बसेर चुनाव पनि जित्दै जानुभयो । उहाँले जति चुनाव जित्नुभयो मन्त्री हुँदै जनुभयो । मन्त्री भएर राम्रो काम गरेकाले जनता र कार्यकर्ताको वाहावाही बटुल्नुभयो । उहाँसँग भेट भएपछि र कार्यशैली देखेपछि कार्यकर्ता भन्न थाले उहाँसँग ठ्याक्कै खुमबहादुरको स्टाइल छ । हुन त मोहन बस्नेतका नेता खुमबहादुर नै हुन् ।

खुमबहादुर खड्का जीवित हुँदा बस्नेतको काँध खड्कालाई र खड्काको साथ बस्नेतलाई थियो भन्ने कुरामा आमकार्यकर्तालाई ज्ञातव्य छ ।
मोहन बस्नेत मार्सल आर्टका विद्यार्थी हुन् । खेलकुदमा पनि रुचि छ । खेलाडी भएकै कारण थकान भन्ने शब्द उहाँको हकमा लागू हुँदैन । जिल्लामा होस् या काठमाडौंमा अथवा काठमाडांैबाहिर, जनताका समस्या समाधान गर्न खटिरहने बानी छ । राज्यमन्त्री हुँदा विवाह भयो । कतिपयले कटु टीकाटिप्पणी गरे । मोहन बस्नेतले राणाकी छोरी विवाह गर्‍यो अब मोहन बिलासितातर्फ लाग्छ तर त्यो आरोप आलोचकहरूका लागि मिथ्या सावित हुँदै गयो ।

वर्तमान मन्त्रिपरिषद्मा सबैभन्दा राम्रो काम गर्ने मन्त्रीमा पर्नुहुन्छ मोहन बस्नेत । जनताको हितमा राम्रो काम गरेकैले हुनुपर्छ सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘मन्त्री होस् त मोहन बस्नेत जस्तो’ भनेर खुलेर प्रशंसा गर्नुभयो । यो एउटा ठूलो उपलब्धि हो पार्टीका लागि ।

केही राणाहरूमा बिलासिताभन्दा देश विकासको चेतना असिम छ, सेवाभावको संवेदना छ । श्रीमान्को सफलतामा श्रीमतीको ठूलो हात हुन्छ । उहाँलाई पनि यस्तै सौभाग्यवती श्रीमतीको दरो साथ रहेको हुनुपर्छ । मोहन पटक-पटक सभासद र मन्त्री हुँदा उहाँको श्रीमतीको अवाञ्छित रूपमा कतै नाम जोडिएको सुनिएन । मोहन बस्नेत सभासद नहुँदा पनि मानवीय कार्यमा सक्रिय रहेका समाचारहरू आइरहन्थे/आइरहन्छन् । तमाम जनसमुदाय यस कुरामा जानकार छन् । कोभिड-१९ को बखत मानवीय उद्धारमा नेपाली कांग्रेसका नेतामा कोही अग्रभागमा थियो भने उहाँ नै हो । आफ्नो जिल्ला र काठमाडौंबाहेक बाहिरका जिल्लाका कोरोना पीडितलाई ठूलो सहयोग गर्नुभयो ।

त्यति बेलाको एउटा मार्मिक घटना छ उहाँको पुण्य कर्मको । ‘भक्तपुरको सल्लाघारीमा कालिकोटका १०/१५ जना कामदारहरू दुई दिनदेखि भोकै रहेछन् । कताबाट मेरो फोन पत्ता लगाएछन् र फोन गरे मलाई । म भोलिपल्ट डाक्टर आरजु राणाले उपलब्ध गराइदिएको खाद्यान्न राजीवबिक्रम शाहको गाडीमा हालेर पुर्‍याउन जाँदा रुँदै भने-‘नेताज्यू, मोहन बस्नेत भन्ने कांग्र्रेसका नेता हुनुहुन्छ रे, उहाँ कांग्र्रेस कम्युनिष्ट भन्नुहुन्न रे, पार्टी पनि भन्नुहुन्न रे, जनताको सेवा गर्नुहुन्छ रे, उहाँलाई भेटाइदिनु पर्‍यो कि हाम्रो पीडा भनिदिनु पर्‍यो ।’ मैले त चिनेको नेता तर कालिकोटका सामन्य कामदारलाई पनि उहाँको परोपकारी कार्यबारे जानकारी भएछ । कोरोना कालमा उहाँको सहयोगको चर्चा देशभर फैलियो ।

यतिमात्र होइन काठमाडौं महानगरपालिकाले सडक किनारामा ठेलामा मकै पोलिरहेकी महिलाको ठेला उछिट्यायो । उनको जीवन निर्वाहाको सहारा यही ठेला रहेछ उनी रोइन् । रुवाइ एकदमै दर्दनाक थियो । यस घटनाले मोहन बस्नेतको हृदय छोयो । भोलि बिहानै ती महिलालाई भेटेर ५० हजार दिनुभयो । बानेश्वर संसद् भवनबाहिर ऋणले थिचिएर पूर्वतिरका एक आचार्य थरका व्यक्तिले दिउँसो नै आत्मदाहा गरे । उहाँले उनकी श्रीमतीलाई जागिर र छोराछोरीलाई पढ्ने व्यवस्था मिलाइदिनुभयो । सभासद अरू पनि थिए, नेता अरू पनि थिए, सम्पत्ति अरूसँग पनि थियो तर मनकारी मोहन बस्नेतमात्रै भेटिए । यस्ता थुप्रै छन् मोहनका लालमोहन जस्तै सुकार्यहरू ।

वर्तमान मन्त्रिपरिषद्मा सबैभन्दा राम्रो काम गर्ने मन्त्रीमा पर्नुहुन्छ मोहन बस्नेत । जनताको हितमा राम्रो काम गरेकैले हुनुपर्छ सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘मन्त्री होस् त मोहन बस्नेत जस्तो’ भनेर खुलेर प्रशंसा गर्नुभयो । यो एउटा ठूलो उपलब्धि हो उहाँ र उहाँको पार्टीका लागि । स्वास्थमन्त्री हुँदा गगन थापाले पनि राम्रा जनपक्षीय काम गर्नुनभएको होइन । उहाँको पनि चर्चा हुँदैजाला । अझ थप मन्त्री मोहन बस्नेतले गरिब, दीनदुःखी, असहाय जनताको पक्षमा ज्यादै राम्रा काम गर्नुभएको छ ।

त्यस प्रकारका विपन्न बिरामीका लागि सरकारी अस्पतालमा निःशुल्क बेड, नेता र उच्च कर्मचारीको पहुँचको आधारमा लामो समयसम्म फाइदाजनक ठाउँमा काजमा बस्ने सुखियाहरूको काज फिर्ता, कुनै प्लानमा विदेश जान वञ्चित दुर्गम वा पहुँच नभएका कर्मचारीका लागि सहज रूपमा जान पाउने व्यवस्था, महिलाले प्रसूतिसम्बन्धी सम्पूर्ण रोगका बारे घरमै बसी तुरुन्त थाहा पाउने मोबाइलमा एपको व्यवस्था यी सब मोहन बस्नेतका सराहानीय र उल्लेख्य कार्य हुन् ।

मन्त्रालयको कार्यका अलवा जनता र कार्यकर्तालाई भेट्ने, काम गर्ने तरिका पनि उहाँको फरक छ । जुन तरिकाका कारण भेटघाटपछि कोही रुष्ट हुने अवस्था देखिादैन । कुनै निवेदनमा आवश्यक कारबाही (आका) उहाँको दाहिने हातले गर्दै गर्दैन कि हुन्छ कि हुँदैन । मोहन बस्नेतलाई नभेटेका र नचिनेका बाहेक भेटेका, चिनेका र देखेकाहरूले आह ! यस्तो पो मन्त्री यस्तो पो नेता भनेको सुनिन्छ । यसर्थ मोहन बस्नेतलाई देश, जनता र नेपाली कांग्र्रेसको भविष्यका लागि आशालाग्दा, भरोसालाग्दा नेताका रूपमा यो पुस्ता र पछिल्लो पुस्ताले समेत आकलन गरेको छ । (कालिकोटका बम नेपाली कांग्रेस महासमिति सदस्य हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?