अफरसहित स्काइवर्थको क्युएलइडी प्लस टिभी

Read Time = 2 mins

काठमाडौं । हाई एण्ड ग्लोबल टिभी ब्राण्ड र बिग स्क्रिन आर्टिफिसियल इन्टेलिजेन्स अफ थिङ्स (एआइओटी) को पायोनियर स्काइवर्थले नेपालमा क्युएलइडी प्लस गुगल टिभी ल्याएको छ । एसयुइ ९५०० सिरिजको यो मोडल कम्पनीको लिड द फ्युचर थिमअन्तर्गत रहेको कम्पनीले जनाएको छ ।

स्काइवर्थको नेपालस्थित आधिकारिक बिक्रेता केएल दुगड ग्रुुपअन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेजका अनुसार गुगल टिभीको लेटेस्ट अपरेटिङ सिस्टमद्वारा पावर्ड भएको यो टिभीको पिक्चर क्वालिटी उत्कृष्ट छ ।

गुगलले आफ्नो एन्ड्रोइड टिभी एक्सपिरियन्स रिफाइन गरेकाले अब उपभोक्ताले टिभी पनि पर्सनलाइज गर्न सक्नेछन् । आफ्नो भ्युइङ हृयाबिट र इन्टेरेस्टअनुसार पर्सनलाइज्ड कन्टेन्ट र टेलर्ड रेकमेन्डेसन पाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले फिफा वल्र्डकप २०२२ लाई लक्षित गर्दै स्काइवर्थ बिगर स्क्रिन, बिगर ड्रिम स्किम नामक अफर पनि ल्याएको छ । अफरअन्तर्गत उपभोक्ताले स्काइवर्थ ब्राण्डका टिभी खरिदमा ३३ प्रतिशतसम्म क्यासब्याक पाउने बताइएको छ । अफर मंसिर ३० गतेसम्म लागू हुने पनि कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?