काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को कुल गार्हस्थ्य उत्पादन(जिडिपी) मा कृषि, वन र मत्स्य क्षेत्रको योगदान बढेको छ । केन्द्रीय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा तथ्यांकअनुसार विभिन्न १८ क्षेत्रमध्ये कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन र मत्स्य क्षेत्रको सबैभन्दा बढी योगदान रहेको देखिएको हो ।
चालु आर्थिक वर्षको जिडिपीमा सो क्षेत्रको योगदान २४.०९ प्रतिशत रहेको छ । दोस्रो नम्बरमा थोक तथा खुद्रा व्यापार र सवारीसाधन रिपेयर क्षेत्रको १३.८४ प्रतिशत र सार्वजनिक प्रशासन क्षेत्रको योगदान ९.६३ प्रतिशत रहेको छ ।
तथ्यांक कार्यालयका उपप्रमुख डा. हेमराज रेग्मीले धान, फलफूल, दूध, तरकारी, माछा मासुको उत्पादनमा वृद्धि र वन क्षेत्र बढेका कारण जिडिपीमा कृषि, वन र मत्स्यको योगदान सबैभन्दा बढी देखिएको बताउनुभयो । उत्पादन क्षेत्रको योगदान भने ४.८७ प्रतिशतमात्रै रहेको छ । औद्योगिक क्षेत्रमा आधारित अन्य सेवा क्षेत्रको योगदान पनि निकै कम रहेको छ ।
औद्योगिक क्षेत्रको तुलनामा जिडिपीमा यातायात तथा भण्डारण क्षेत्रले बढी योगदान पुर्याएको छ । उक्त क्षेत्रले जिडिपीमा ७.२८ प्रतिशतले योगदान गरेको छ भने रियल स्टेट ८.३३, विद्युत् र ग्याँस १.८१ र निर्माण क्षेत्रले ५.४१ प्रतिशतले योगदान पुर्याएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच