धादिङ । धादिङको खाल्टेमा मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृत्यु हुनेमा पतेनीका १० वर्षिय बालक सन्तोष रम्तेल र अर्का एकजनाको भने पहिचान हुन बाकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अन्य एक जनाको उपचारको क्रममा जिल्ला अस्पताल धादिङबेशीमा मृत्यु भएको हो ।
धादिङको निलकण्ठ नगपालिका ५ खाल्टेमा आइतबार बिहान बा २ ख ८९४७ नम्बरको ट्रक मिनिट्रक दुर्घटनामा एक जनाको घटनास्थलमै ज्यान गएको थियो ।
७ जना घाइतेमध्ये एक जनाको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम् प्रवक्ता डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो । मिनि ट्रक दुर्घटनामा परी घाइते भएकामध्ये ६ जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौको ट्रमा सेन्टरमा लगिएको छ ।
जसमा घाइते ३५ बर्षिय चालक विष्णुु श्रीमल, १४ बर्षिय सुदिप मझकोटी, ३५ बर्षिय हिरा रम्तेल,११ बर्षिय सुजन रम्मेत, १० बर्षिय प्रितम मझकोटी र १० बर्षिय विमल मझकोटीलाई हेलिकप्टर मार्फत काठमाडौ लगिएको निमित प्रमुख जिल्ला अधिकारी होमनाथ पराजुलीले जानकारी दिनुभयो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर छ । १३ बर्षिय कृष्ण रम्तेललाई यस अघि नै ट्रमा सेन्टर ल्याएर उपचार भै रहेको छ ।
दुर्घटनामा परेको ट्रकमा ९ जना सवार थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच