बैतडीको मणिलेक क्याम्पस मेलौलीमा नेविसंघको प्यानल नै विजयी

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीको मणिलेक क्याम्पस मेलौलीको स्ववियु सभापतिसहित नेविसंघको प्यानल नै विजयी भएको छ ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भएको गठबन्धनलाई पराजित गर्दै नेविसंघको प्यानल विजयी भएको हो ।

सभापतिमा नेविसंघका नवराज भट्ट विजयी हुनुभयो । उहाँले ७० मत प्राप्त गर्दा उहाँका प्रतिद्धन्द्धी अनेरास्ववियु र अखिल क्रान्तिकारीका साझा उम्मेदवार धनीदत्त भट्टले ४४ मत प्राप्त गर्नुभयो ।

सचिवमा नेविसंघका निरज भट्ट वियजी हुनुभयो । उहाँले ६८ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा पनि नेविसंघकै सुसिला नेगी विजयी हुनुभयो । उहाँले ७१ प्राप्त गर्नुभयो ।

सदस्यमा नेवि संघकै पुजा चन्द, दिनेश सिंह साउँद, सुनिता भट्ट र मनोजदत्त ओझा विजयी हुनु भयो ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको यस क्याम्पसमा आज निर्वाचन भएर आजै मतगणना भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?