काठमाडौं । नेपाल जग्गा आवास तथा विकास महासंघले नेपाल रियल स्टेट सम्मेलन गर्ने भएको छ । महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै आगामी वैशाख २३ र २४ गते होटल हिमालयनमा नेपाल रियल स्टेट सम्मेलन आयोजना गर्ने जानकारी गराएको हो । सम्मेलनका संयोजक ओमराज भण्डारीले घरजग्गा कारोबार शिथिल भएको अवस्थामा सम्मेलनको तयारी गरिएको भन्दै सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ता तथा व्यवसायी सहभागी हुने बताउनुभयो । व्यवसायीले अन्तर्राष्ट्रिय अनुभव साटासाट गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको उहाँको भनाइ थियो ।
राजभण्डारीका अनुसार सम्मेलनमा ‘विश्व परिदृश्यमा रियल स्टेटको अवस्था र नेपालले लिनुपर्ने कार्यदिशा’बारेमा स्वदेशी तथा विदेशी विज्ञ तथा सहभागीबीच छलफल हुने र प्राप्त अवसर कसरी उपयोग गर्न सकिन्छ भन्ने बारेमा रियल स्टेट क्षेत्रमा ख्यातिप्राप्त विदेशी विज्ञको अनुभव र सुझाव प्राप्त हुनेछ । त्यसैगरी सरकारका सम्बन्धित मन्त्रालय, विभाग, नेपाल राष्ट्र बैंक, वाणिज्य बैंकसँग पनि अन्तरक्रिया हुनेछ । उल्लेखित छलफल र अन्तरक्रियाबाट रियल स्टेट क्षेत्रको विकासका लागि नीति निर्माता, प्रशासक र व्यवसायीको भूमिका, अन्तरसम्बन्ध र सहकार्यबारे प्रष्ट कार्यदिशा तयार गर्न सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ ।
विशेषगरी २०६० पछिको दशकमा देशका प्रमुख शहरमा अपार्टमेन्ट र हाउजिङ कोलोनी निर्माण र बेचबिखनमा निजीले प्रवेश पाएको हो । मुलुकभर घरजग्गासम्बन्धी कारोबार गर्ने कम्पनी वा फर्मको संख्या करिब १८ हजार रहेको महासंघले जनाएको छ । महासंघका अनुसार देशभरका रियल स्टेट कम्पनीको चुक्ता पुँजी दुर्ई खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ भने सो क्षेत्रमा बैंक लगानी करिब दुई खर्ब ५० अर्ब रुपैयाँ रहेको छ । रियल स्टेट क्षेत्रले रोजगारी तथा राजस्व वृद्धि गरी राष्ट्र निर्माणमा टेवा पु¥याउँदै आएको छ । कुल गार्हस्थ्य उत्पादनमा सो क्षेत्रको योगदान करिब १० प्रतिशत रहेको छ ।
घरजग्गाको कारोबार गरी अकुत सम्पत्ति कमाउने र सोको कतै अभिलेख नरहने अहिलेको परिपाटीले समाजमा भ्रष्टाचार र अनियमितता बढाइरहेको भन्दै महासंघले घरजग्गाको कारोबार कम्पनीमार्फत् नै हुनुपर्ने माग गर्दै आएको छ । नेपालमा भइरहेको शहरीकरण तथा बसाइँसराइका कारण पहाडबाट तराई झर्ने र गाउँबाट शहर पस्ने प्रवृत्ति व्यापकरूपमा बढिरहेको छ । गाउँका पुख्र्याैली घर खाली छोडेर शहरमा सानो घडेरीमा घर बनाउने वा घर किनेर बस्ने प्रचलन बढ्दै गएको महासंघले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच