प्रिन्सको वरीयता खस्कियो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । विश्व ब्याडमिन्टनको जुनियरतर्फ शीर्ष वरीयतामा रहनुभएका नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको विश्व वरीयता खस्किएको छ । उहाँ यसपटक सातौँ स्थानमा झर्नुभएको छ ।

विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) ले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार प्रिन्स नम्बर एकबाट सातौँ स्थानमा पुग्नुभएको हो । विश्व नम्बर एक भएदेखि हालसम्म कुनै पनि अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताहरूमा उहाँको सहभागिता नहुँदा उहाँको वरीयता खस्किएको हो ।

ब्याडमिन्टनको विश्व वरीयताको शीर्षस्थानमा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी हुनुहुन्छ । प्रिन्स नेपाली ब्याडमिन्टनका युवास्टार खेलाडीसमेत हुनुहुन्छ । उहाँले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा प्रभावशाली प्रदर्शन गर्दै आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?