नागरिकता विधेयकमा सबै दलहरुका बीचमा सहमति खोज्ने कोशिस भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री श्रेष्ठले नागरिकता विधेयकमा सबै राजनीतिक दलहरुका बिचमा सहमति खोज्ने कोशिस भइरहेको बताउनु भयो ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताउनु भएको हो ।

साथै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि अभद्र व्यवहार प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताउनुभएको छ ।
झापाको बुधवारेमा एमाले अध्यक्ष ओली सहभागि भएको कार्यक्रममा कोशी प्रदेश नामाकरणमा बिरोध गर्नेहरुले ढुंगामुढा गरेका बताउनु भयो । उहाँले सो घटना हुनु दुखद् भएको भन्दै सरकारको तर्फबाट निन्दा गरेको बताउनु भयो ।

उहाँले प्रहरीले ढुंगामुढा गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको पनि जानकारी गराउनु भयो । गृहमन्त्री श्रेष्ठले ‘अराजक गतिविधि गर्नेहरुलाई सरकारले छुट दिन नसक्ने पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो- प्रहरीले एकजना ढुंगामुढा प्रहारमा संलग्न व्यक्तिलाई, त्यस रुपमा प्रश्तुत हुने व्यक्तिलाई अहिले नियन्त्रणमा लिएको छ । दुईजना प्रहरीहरु यस क्रममा घाइते भएका छन् । यस रुपमा पछाडी प्रहरीले आफ्नो भुमिका सकारात्मक रुपमा अगाडी बढाएपछि केपी शर्मा ओलीजीको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । त्यसपछि उहाँ इलामतर्फ प्रस्थान गर्नुभएको छ । सरकार संविधानको प्रभावकारी कार्यान्वयनको निम्ति दृढ छ । यो संविधान अन्तर्गत लोकतान्त्रिक अधिकारको प्रयोग गर्न र शान्तिपूर्ण रुपमा वैधानिक बाटोबाट आफ्नो विचार राख्न, आफ्नो विचारलाई लागू गर्ने प्रक्रियामा जनमत निर्माण गर्न छुट छ त्यसको सरकार सम्मान गर्दछ । तर कुनैपनि कोणबाट गैरसंवैधानिक गतिविधि गर्ने, शान्तिपूर्ण गतिविधिको सट्टा अराजक गतिविधि गर्ने, कुनैपनि नेता, कार्यकर्ता वा नागरिकहरुको शान्तिपूर्ण आवत-जावत, भेला, कार्यक्रमलाई अवरोध उत्पन्न गर्ने कुरालाई छुट दिन सकिँदैन ।’

गृहमन्त्री श्रेष्ठले कपनमा भएको महिला हत्याको सम्बन्धमा पनि प्रहरीले अनुसन्धान जारी राखेको बताउनु भयो । उहाँले केही दिन भित्रैमा प्रहरीले सत्यतथ्य पत्ता लगाउने र दोषीलाई कानूनको कठघरामा ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले मिटरव्याजी पीडितहरुलाई न्याय दिने र पीडकलाई कानूनी कठघरामा ल्याउनेगरी सरकारले नीति, निर्णय, कदम र प्रक्रिया अगाडी बढाएको बताउनु भयो ।

उहाँले केही दिन अघि मिटरव्याजी पीडितको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै त्यसप्रति माफी माग्नुभयो । उहाँले मिटरव्याजी पीडितहरुको समस्या समाधानका लागि सिंगो देश एक ढिक्का भएर अगाडी बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो- ‘जति कमजोरी भयो गृह मन्त्रालयको नेतृत्व सम्हालेको व्यक्तिको नाताले म पीडितहरु माथि जुनसुकै प्रसंगले भएपनि, जुनसुकै परिप्रेक्षमा भएपनि, जुनसुकै प्रसंगले त्यहाँ पु¥याएको भएपनि पीडितहरुमाथि प्रहरीको लाठि लाग्यो । नियन्त्रणमा लिइसकेपछि पनि केहीमाथि बल प्रयोग भयो । त्यसको निम्ति म क्षमा याचना गर्न चाहान्छु । म अपील गर्न चाहन्छु, सरकार यो समस्या समाधान गर्न दृढ छ भन्नेकुरा स्पष्ट हुँदाहुँदै यसलाई फेरि विभिन्न ढंगले भ्रम पैदा हुनेगरी लम्ब्याउनु उचित हुँदैन । बरु सिंगो देश एक ढिक्को भएर यसलाई छिटोभन्दा छिटो समाधान गरौँ भनेर अपील गर्न चाहन्छु ।’

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?