एनसेलको ‘गो टु मार्केट’ अभियान

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा ‘बजार जाऔँ’ (गो टु मार्केट) कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमअन्तर्गत एनसेलका उच्चपदस्थ अधिकारीलगायत अन्य कर्मचारी देशैभरका विभिन्न एनसेल सेन्टर र आधिकारिक खुद्रा बिक्रेताका पसल गएर ग्राहक र खुद्रा बिक्रेतासँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए । ग्राहकका गुनासा, सल्लाह र सुझाव व्यक्तिगत रूपमा सुनेर सम्बोधन गर्ने कम्पनीको प्रतिबद्धताअनुरूप उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार कम्पनीको ब्राण्ड वाचा ‘आज, भोलि, सधैँ सँगै’ अन्तर्गत रही वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुसार बजार भ्रमण कार्यक्रमको आयोजना गरिएको हो । नेपाली आमउपभोक्ताको निरन्तरको साथ र सहयोगका लागि व्यक्तिगत रूपमा धन्यवाद दिन र उनीहरूका कुरा बुझ्न एनसेलका प्रमुख कार्यकारी अधिकृत एवं प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलगायत व्यवस्थापनका उच्चपदस्थ अधिकारीले आइतबार एनसेल सेन्टरहरू र खुद्रा बिक्रेताका पसल भ्रमण गरेका थिए ।

सो अवसरमा ग्राहकसँग अन्तरक्रिया गरी उनीहरूका समस्याहरू समाधान गर्ने, सहजीकरणका लागि सहयोग गर्दै सल्लाह र सुझाव लिएका थिए । एनसेलका प्रमुख कार्यकारी अधिकृत एवं प्रबन्ध निर्देशक जाब्बोरले भन्नुभयो, ‘ग्राहकप्रतिको हाम्रो प्रतिबद्घताले एनसेललाई परिभाषित गर्दछ र यसले हाम्रा ग्राहकलाई बुझ्न थप मद्दत गर्दछ । ग्राहक भनेको ‘किङ अफ मार्केट’ हुन् भन्ने हामीले बुझेका छौँ र त्यसैले आफ्ना ग्राहकको सुझाव सल्लाह र गुनासो केही भए त्यसबारे बुझ्न र उहाँहरूको आवश्यकता के छ भनेर हामीले थाहा पाउन आवश्यक छ । त्यसैले बजार गएर ग्राहकसँग कुराकानी गर्न जरुरी छ भन्ने हाम्रो विश्वास हो ।’

भ्रमण टोली देशैभरका सबै एनसेल सेन्टर र पाँच सयभन्दा बढी खुद्रा बिक्रेताका पसल पुगेको थियो । वार्षिकोत्सवका अवसरमा स्वास्थ्य शिविर, रक्तदान, वृक्षारोपण, लैनचौर मैदानमा मैत्रीपूर्ण फुटबल खेल, ग्राहकसँग अन्तरक्रिया गर्न सेलिब्रेटीको एनसेल सेन्टरमा भ्रमणलगायतका कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?