गीतसंगीतको आफ्नै राजमार्गमा ज्ञानेन्द्र

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । भगवतीमाई गाउँपालिका-२ रूम दैलखमा बुबा दिलबहादुर शाही र माता नरकुमारी शाहीको कोखबाट जन्मिनुभएको ज्ञानेन्द्र शाही यतिबेला गायक/संगीतकारका रूपमा आफूलाई स्थापित गर्नुभएको छ । काठमाडौंलाई कर्मथलो बनाएर उहाँले आफ्ना क्रियशन श्रोता/दर्शकमाझ पस्किरहनु भएको छ । एम.ए समाजशास्त्र र एलएलबीसम्मको अध्ययन गर्नु भएका उहाँ विगत १०, १२ वर्षदेखि यो क्षेत्रमा सक्रिय भएर लाग्नुभएको छ । गायन, संगीत र गीत लेखनमा आफूलाई संलग्न गराउँदै आउनुभएका उहाँका धेरै गीत लोकप्रिय छन् ।

उहाँका ‘फूलको डाली रित्तै, पिरो माया, बाटुली, लर्के जोबन, साइली माइली, लाहुरे दाइले नहेर लुकी, तिम्रो माया हो कति गहिरो, पिजडा, मौरी भीरैमा, न्याउली चरी कति रुन्छेउ, जिन्दगीको छैन कुनै भर, दैलेखी ठाडो भाकालगायत गीत श्रोता/दर्शकले औधि मन पराएको पाइन्छ । सबै विधाका गीतमा आफूले उत्तिकै न्याय गर्नसक्ने बताउने शाहीले लोक तथा दोहोरी गीत धेरै गाउनुभएको छ । उहाँको स्वरमा एक दर्जनभन्दा बढी गीत सजिएका छन् भने दुई दर्जनभन्दा बढी गीतमा संगीत दिनुका साथै रचना गर्नुभएको छ ।

निरन्तर यही क्षेत्रमा रहेर गीतसंगीत प्रस्तुत गर्दै जाने बताउनुहुने ज्ञानेन्द्र शाही नेपाली गीतसंगीतलाई नयाँ उचाइमा पुर्‍याउन आफ्नो हर समय कोसिस रहने र आफू त्यसैमा तल्लिन रहेको बताउनुहुन्छ । गीतसंगीतको आफ्नै राजमार्ग बनाएर अघि बढिरहनुभएका शाहीले यही क्षेत्रमा आफूलाई पूर्णरूपमा समर्पित गर्नुभएको छ ।

विसं २०७५ सालमा उहाँकै शब्द र संगीत रहेको गीत फूलको डाली रित्तै गीतले आफूलाई यो क्षेत्रमा पहिचान दिलाएको उहाँको भनाइ छ । यस गीतमा शाहीलाई बिमाकुमारी दुराले साथ दिनुभएको थियो । यो गीत टी टाइम म्युजिकबाट बजारमा आएको थियो । आफ्नो रुचिको क्षेत्र र सानैदेखि यही क्षेत्रमा लगाव भएका कारण गीतसंगीतका क्षेत्रमा निरन्तर रहेको बताउनुहुने उहाँले आजका दिनसम्म आउँदा अनेकन दुःख कष्ट भए पनि सफलताको स्वादले त्यसालाई विसाई दिएको बताउनुहुन्छ । ‘मैले सबै किसिमका दुःख कष्ट सहेर पनि संघर्ष गर्न सक्छु र खुशी रहन सक्छु त्यसैले यो क्षेत्रमा आए, मेरो सानैदेखिको लगावको क्षेत्र हो यो, अन्य क्षेत्रमा भन्दा यो क्षेत्रमा मैले केही उल्लेखनीय कार्य गर्न सक्छु भन्ने लागेर आए, राम्रै भइरहेको छ’, उहाँ सुनाउनुहुन्छ ।

गायक, संगीतकार र गीतकारमा रूपमा आफूलाई अघि बढाइरहनुभएका शाही सबै विधाले उक्तिकै रूपमा चिनाए पनि आफूलाई गायक नै भन्न रुचाउने उहाँको भनाइ छ । यो क्षेत्रमा चर्चा रहिरहँदा, गीतले श्रोता/दर्शकको मन जित्न सफल भइरहँदा उहाँलाई थुप्रै मान सम्मान र अवार्ड पनि प्राप्त भएका छन् । उहाँले स्टार इन्टरनेशनल म्युजिक अवार्ड २०७८ बाट उत्कृष्ट संगीतकार, क्वालिटी इन्टरटेनमेन्मेन्ट म्युजिक अवार्ड २०७८ मा ‘बाटुली’ गीतबाट उत्कृष्ट गायक, इपिक नेपाल म्युजिक अवार्ड २०८९ मा ‘साइली माइली’ गीतबाट संगीतकारको उत्कृष्ट जुरी अवार्ड, काव्य म्युजिक अवार्ड २०८० मा ‘लाहुरे दाइले नहेर लुकी’ गीतबाट उत्कृष्ट लोकदोहोरी मौलिक गायकको अवार्ड आफ्नो पोल्टामा पार्न सफल हुनुभएको छ ।

आफूले मान, सम्मान, पुरस्कार र अवार्डका लागि भनेर कार्य नगरेको भए पनि काम गर्दै जादा यि प्राप्त भएको उहाँको स्पोष्टक्ती रहेको छ । पछिल्लो समय उहाँको आफ्नै युटुब च्यानल ‘छहारी’मार्फत बजारमा आएको ‘तिम्रै माया हो कति गहिरो’ गीतलाई श्रोता÷दर्शकले अत्यधिक रुचाएका छन् ।

निरन्तर यही क्षेत्रमा रहेर गीतसंगीत प्रस्तुत गर्दै जाने बताउनुहुने उहाँ नेपाली गीतसंगीतलाई नयाँ उचाइमा पुर्‍याउन आफ्नो हरसमय कोसिस रहने र आफू त्यसैमा तल्लिन रहेको बताउनुहुन्छ । गीतसंगीतको आफ्नै राजमार्ग बनाएर अघि बढिरहनुभएका शाहीले यही क्षेत्रमा आफूलाई पूर्णरूपमा समर्पित गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?