चन्द्रागिरि हिल्सको १४ औँ वार्षिकोत्सव

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले १४औँ वार्षिकोत्सव मनाएको छ । कम्पनीका अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा साउन १४ गते आयोजित वार्षिकोत्सवका अवसरमा विभिन्न छवटा विधामध्येबाट उत्कृष्ट विजेता तथा उपविजेतालाई कम्पनीका अध्यक्ष ढकालले प्रमाणपत्र तथा ट्रफी वितरण गर्नुभएको थियो ।

सोही अवसरमा कम्पनीमा पाँच वर्ष सेवा अवधि पुगेका र सबैभन्दा उत्कृष्ट कार्य गर्ने पाँच कर्मचारीलाई प्रमाणपत्र, चाँदीको लकेट, एक रातका लागि परिवारसहित निःशुल्क रिसोर्ट बस्ने भौचर कुपनसमेत प्रदान गरेको थियो ।

कम्पनीमा कार्यरत एक्जुकेटिभ तहका र आफ्नो जिम्मेवारीअनुसारको काम गर्ने दुई कर्मचारीलाई समेत प्रमाणपत्र तथा घरमा प्रयोग हुने उपहार प्रदान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?