रारा ताल पनि पुग्यो बिजुली

Read Time = 2 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९ सय ९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत् पु¥याएको छ । प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको चार सय किलोवाट गमगाढ जलविद्युत् गृहबाट उत्पादित विद्युत् करिब २५ किलोमिटर प्रसारणलाइन निर्माण गरी सोमबारदेखि रारा क्षेत्रका ग्राहकलाई विद्युत् उपलब्ध गराएको हो ।

हाल सोे क्षेत्रमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र विद्युत् प्रयोग हुँदै आएको थियो । अब जलविद्युत् गृहबाट उत्पादित विद्युत् २४सै घण्टा आपूर्ति हुनेछ । रारा ताल परिसरमा सञ्चालनमा रहेका होटल, कार्यालय र वरपरका घरहरूले विद्युत् पाएका छन् ।

रारा ताल परिसरमा २५ केभिएको वितरण ट्रान्सफर्मर जडान गरी विद्युत् आपूर्ति गरिएको छ । प्राधिकरणका प्रादेशिक कार्यालय कर्णालीका प्रमुख शम्भु कुसियत यादवले ट्रान्सफर्मर सोमबारबाट सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘रारा राष्ट्रिय निकुञ्जको जंगलमा करिब १० किलोमिटर लाइन बनाउनुपर्ने थियो, त्यसले गर्दा केही समय लागेको हो, निकुञ्ज, स्थानीय प्रशासन, सुरक्षार्थ खटिएका नेपाली सेना र स्थानीयसँगको समन्वय र सहयोगमा लाइन निर्माण गरी सो क्षेत्रमा विद्युत् पु¥याउन सफल भएका छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?