बागमतीमा सरकार परिवर्तन हुँदै, कांग्रेसले नेतृत्व गर्ने

Read Time = 1 min

काठमाडौं । बागमती प्रदेशमा सरकारको नेतृत्व परिवर्तनको तयारीमा नेपाली कांग्रेस लागेको छ । कांग्रेसबाट पार्टीको प्रदेश सभापतिसमेत रहुनुभएको संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री हुनु हुनेछ ।

प्रदेश प्रवक्ता प्रभात तामाङले यसअघि सरकार गठन भएको बेला आधा कार्यकाल नेकपा (एकीकृत समाजवादी) ले र आधा कार्यकाल कांग्रेसले सरकार चलाउने सहमति भएको र सहमतिअनुसारको आधा कार्यकाल एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डेले सरकारको नेतृत्व गरिसकेको बताउनु भयो।

उहाँ अब कांग्रेसले सरकारको नेतृत्व पाउनुपर्ने बताउनु भयो ।

‘आधा कार्यकाल सकियो । अब त पालो कांग्रेसको हो’, प्रवक्ता तामाङले भन्नुभयो ।

४ कात्तिकमा बसेको कांग्रेसँगै नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) को बैठकमा प्रदेशसभा कार्यकालको आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?