नायिका केकी र गायक प्रकाशद्वारा जुमको कौशलटार शाखाको शुभारम्भ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । जुम ब्युटी एकेडेमीको कौशलटारस्थित १२औं शाखाको गायक प्रकाश सपुतले सुभारम्भ गर्नुभएको छ । एकेडेमीकी ब्रान्ड एम्बासेडर नायिका केकी अधिकारीका साथमा गायक एवं नायक सपुतले उक्त शाखाको एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको हो ।

उद्घाटनपछि बोल्दै गायक सपुतले जुमले १२औं शाखा विस्तारसम्म कैयौं महिला दिदीबहिनीलाई तालिम र रोजगारीमार्फत सुन्दर र शशक्त बनाउन योगदान पुर्‍याएको बताउनुभयो । त्यसैगरी नायिका केकी अधिकारीले जुमले छोटो अवधिमा ठूलो उपलब्धि हाँसिल गर्दै १२औं शाखासम्म पुगेकोे बताउनुभयो ।

कार्यक्रममा जुमकी सिईओ एवं संस्थापक जुनु चक्रधरले जुमको प्रत्येक शाखाको स्थापनासँगै कम्तीमा पनि १० जना महिलाले रोजगारी पाउने भएकाले यसले गर्दा आफूले समाजप्रतिको दायित्व पनि पूरा गरेको जिकिर गर्नुभयो । एकेडेमीले आफ्नो १२औं शाखा विस्तार गरिसकुन्जेल यसले हजारौं विद्यार्थीलाई सक्षम र क्षमतावान बनाएको र कैयौं युवती र महिलालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गरेर महिला शशक्तीकरणमा महत्वपूर्ण भूमिका निभाएको उहाँको भनाइ थियो ।

जुमले महिला शशक्तीकरणका साथसाथै उनीहरूले देशभित्रै पाएको रोजगारीले उनीहरूको परिवारलाई सहयोग पु¥याएको र महिलालाई आफ्नै देशमा स्वावलम्बी भएर बाँच्न सिकाएको जुम एकेडेमीका निर्देशक क्रिशप त्वायनाबासुले बताउनुभयो । जुमले हालसम्म कुपण्डोल, भक्तपुर, महाराजगञ्ज, कलंकी, तीनकुने, बौद्ध, बनेपा, गोंगबु, बालाजु, ग्र्वाको, स्वयम्भूमा शाखा सञ्चालन गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?