सुर्खेत बालक मृत्यु प्रकरण : अझै पत्ता लागेन रहस्य, कानूनी उपचार र क्षतिपूर्ति माग

नन्दराम जैशी
Read Time = 4 mins

सुर्खेत । सुर्खेतमा भएको दुई छुट्टा छुट्टै बालक मृत्यु घटनाको छिटोभन्दा छिटो छानविन गरी दोषिलाई कानूनी उपचार र पीडित पक्षलाई क्षतीपुर्तीको व्यवस्था गर्न माग गरिएको छ ।

कर्णाली प्रदेशका कृयाशिल नागरिक समाज तथा सञ्जालहरुले एक प्रेस विज्ञप्ती जारी गर्दै घटनाबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । जारी विज्ञप्तिमा घटनाको सत्य, तथ्य र निष्पक्ष छानविन तथा अनुसन्धान गरी कानूनी उपचार र पीडित पक्षलाई क्षतीपुर्तीको व्यवस्था गर्न उल्लेख गरिएको छ ।

यही असोज १२ गते सुर्खेत वीरेन्द्रनगरमा रहेको उपा बालबाटिका माध्यामिक विद्यालयको होस्टेलमा बसेर कक्षा २ मा अध्ययन गर्ने दैलेख जिल्ला चामुण्डा विन्द्रासैनी नगरपालिका १ का सलाम पुलामीमगर छात्रावासमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

यस्तै दैलेख जिल्ला आठविस नगरपालिका वार्ड नं. ६ का ५ वर्षीय दिग्दर्शन पुरीको वीरेन्द्रनगरको जुम्ला रोडको गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करले घाइते भई उपचारका क्रममा मृत्युको भएको थियो । तर यी दुबै घटनाका दोषि पत्ता लागेका छैनन् ।

यस्ता घटनाले नेपालको भविष्यका कणांधार रहेका बालबालिकाको जीवनको जहातही असुरक्षा बढिरहेको देखाएको नागरिक सञ्जालको दावी छ । विज्ञप्तीमा भनिएको छ ‘बाल अधिकार महासन्धी, नेपालको संविधान र बाल अधिकार सम्बन्धि ऐनले समेत प्रदत्त बालबालिकाको बाच्न पाउने अधिकारको प्रत्याभूती हुन नसकेको प्रति हामी कर्णाली प्रदेशका कृयाशिल नागरिक समाज तथा सञ्जालहरुको ध्यानाकर्षण भएको छ ।’
बालबालिकाको सर्वोत्तम हितलाई ख्याल राख्दै बाल अधिकार महासन्धि १९९९ का मुख्य आधारभुत अधिकारहरु बचाउ, विकास, संरक्षण र सहभागीताका अधिकारहरु प्रत्याभुत गराउन राज्यका सबै निकायलाई जिम्मेवार हुन नागरिक समाजको सुझाब छ ।

यता जिल्ला प्रहरी कार्यालयले दुबै घटनाबारे अनुसन्धान भइरहेको भन्दै मोटरसाइकल दुर्घटनाको घटना नजिक पुगेको जानकारी दिएको छ । बालक मृत्यु घटनापछिको पीडित पक्षले नियमित आन्दोलन गरिहेका छन् । आन्दोलनले उग्ररुप लिन थालेपछि प्रहरीलाई भिड नियन्त्रणमा सकस परेको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?