‘राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन’

हिमालय टाइम्स
Read Time = 3 mins

नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकामा पर्ने खोलाहरुमा राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन भएको छ ।

रातदिन मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा निकासी भइरहेको हो  । अहिले हरेक जसो खोलामा एस्काभेटर, जेसिवी र टिप्परको लाइन देखिन्छ । सबै अवैध रुपमा प्राकृतिक स्रोतको दोहनका लागि पुगेका हुन् । जिल्लाको सुनवल नगरपालिकाले राष्ट्रिय गौरवका आयोजनाका नाममा तुरिया खोला, बिसासय खोला, बडेरा खोला लाई अमानतको नाममा विचौलियाहरुलाई जिम्मा दिइएको पाइन्छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन (आइइई) प्रतिवेदनअनुसार ती नदीहरुमा नदीजन्य पदार्थको उत्खनन गर्न ठेक्का लगाइएको भएपनि ती स्थानमा मेसिनको प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन भइरहेको छ  । धमाधम एस्काभेटर, जेसिवी र टिप्परहरुले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिरहेका छन् । ती नदीहरुमा सयौँ टिप्परको लाइन दिनहुँ नै देखिन्छ ।

स्थानीय निकायहरुले नदी अमानत दिँदा मेसिनको प्रयोग गर्ने, नदीजन्य पदार्थ उठाउने सम्झौता गरिएको थियो । तर एस्काभेटरले जातततै नदीमा उत्खनन गरेको पाइएको छ । अवैध उत्खननले सिंचाई कुलोहरूसमेत भासिन थालेको स्थानीय किसानको गुनासो छ । नदीको बहाव अर्कैतिर मोडिएर गाउँबस्ती जोखिममा पर्नाका साथै खेतीयोग्य जमिनसमेत जोखिममा परेको स्थानीयवासी बताउछन् ।

जथाभावी मेसिन प्रयोग हुँदा नदी अर्कैतिर जाने र यसका कारण वर्षा याममा नदी गाउँमा पस्ने जोखिम बढेको स्थानीयको भनाइ छ । आयोजनालाई नगरले अमानतको नाममा खोला त जिम्मा दिएको छ तर विचौलियहरुले ढुवानीको जिम्मा पाएकाले आफ्नै घाटगद्दिमा लाएको पाइएको छ । व्यक्तिको नाममासमेत रसिद काटेको देख्न सकिन्छ । यस विषयमा अनुगमनकारी निकाय मौन छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?