कोशी र गण्डकीमा हिमपात र तराईका जिल्लामा हुस्सुको सम्भावना

हिमालय टाइम्स
Read Time = 1 min

काठमाण्डौ । आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेर बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार काठमाडौं उपत्यकाको मौसम भने आज सामान्यतया सफा रहने छ ।

बिहान केहीबेर काठमाडाैं उपत्यकासहित पहाडी र तराईका जिल्लामा हुस्सु र कुहिरो लागेको भए पनि घाम लागेसँगै हट्न थालेको र मौसम सफा रहेको विभागले जनाएको छ ।

काठमाडाैंमा आज पारिलो घाम लाग्ने पनि विभागले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?