सिंगटीले हकप्रद सेयर निष्कासन गर्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले साबिकका सेयरधनीलाई प्रतिसेयर सय रुपैयाँ अंकित दरका एक करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

सेयर निष्कासनका लागि कम्पनीले कुमारी क्यापिटललाई नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा सिंगटी हाइड्रो इनर्जीका प्रबन्ध सञ्चालक सुदिप खड्का तथा कुमारी क्यापिटलका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नुभएको हो ।

सिंगटी हाइड्रो इनर्जीको अधिकृत पुँजी दुई अर्ब ९० करोड र जारी पुँजी दुई अर्ब ९० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब ९० करोड पुग्ने कम्पनीले जनाएको छ । सिंगटी हाइड्रो इनर्जीले निर्माण गरेको सिगंटी खोला २५ मेगावाट आयोजनाबाट २०७८ साउनदेखि व्यापारिक उत्पादन सुरु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?