टर्कीमा गयो फेरि अर्को शक्तिशाली भूकम्प

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ ।

सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति स्थानीय समय अनुसार ८ः४४ मा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ भने ६८० भन्दा बढी घाइते भएको बताइएको छ । सिरिया र टर्कीमा भूकम्पको धक्का महसुस गरिएको छ ।

फागुन ६ गते गएको ७.८ म्याग्निच्युडको भूकम्प गएको करिब तीन सातापछि यो भूकम्प आएको हो।

फेब्रुअरी ६ मा गएको भूकम्पले टर्की र सिरियामा ४४ हजारभन्दा बढी मानिसको मृत्युभइसकेको छ भने उद्धार कार्य अझै जारी नै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?