बाजुरामा कांग्रेसका पाण्डे एमालेका मल्लभन्दा ३ हजार मतले अगाडी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बाजुराको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार यहाँ नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायम राख्नुभएको छ । पाण्डेले २६ हजार ८ सय ७४ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार कर्णबहादुर मल्लले २३ हजार ५८० मत प्राप्त गरेका छन्। आयोगको तथ्याकं अनुसार यी दुई उम्मेदवारबीच ३ हजार २ सय ९४ मतको अन्तर छ।

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका जंगकुमार गिरीले १ सय ६६ मत प्राप्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?