काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल ग्रिन आवास कर्जा योजना ल्याएको छ । बैंकले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना ल्याएको हो । कर्जा योजनाअन्तर्गत सात वर्षसम्मको कर्जा अवधिमा अधिकतम १२ करोडसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ ।
बैंकले वातावरणमैत्री गतिविधि उत्प्रेरित गर्ने उद्देश्यले दिगो विकास लक्ष्यअनुरूप विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
नयाँ योजनामा सहभागी हुने सेवाग्राहीले मोबाइल बैंकिङ तथा क्रेडिट कार्डसमेत निःशुल्क पाउने बताइएको छ । इको–फ्रेण्ड्ली घर/भवन र अपार्टमेन्ट निर्माण गर्न, पर्यावरणमैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याट खरिद गर्न यस्तो कर्जा लिन सकिनेछ ।
साथै वातावरणमैत्री उपाय अवलम्बन गर्ने क्रममा विद्यमान भवनलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको–फ्रेण्ड्ली भवन मर्मतसम्भारका लागिसमेत कर्जा उपयोग गर्न सकिने बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच