सुनको मुल्य स्थिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ । चालु साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ स्थिर रहेको छ । सुनको भाउमा कुनै फेरबदल भएको छैन । योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा किनबेच भएको थियो ।

शुक्रबार चाँदीको भाउ भने तोलामा २० रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँ कायम भएको छ । बिहीबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?