माओवादी घटकको अन्तरक्रिया स्थगित

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । माओवादी घटक पार्टीले आज गर्ने भनिएको नागरिक अगुवा र बुद्धिजीवीसँगको माओवादी घटकको अन्तरक्रिया स्थगित भएको छ ।

छलफल कार्यक्रम स्थल व्यवस्थापन हुन नसक्दा स्थगित गर्नु परेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिनुभयाे ।

सर्वोच्च अदालतले युद्धकालिन मुद्धालाई नियमित प्रक्रियावाट हेरे पछि माओवादी घटकले आपत्ति जनाउँदै आएका छन । सोही बारेमा यसअघि गत २६ गते बसेको माओवादी घटकका पार्टीहरुको बैठकले पत्रकार सम्मेलन र अन्तरक्रिया गर्ने घोषणा गरेका थिए ।

गत २८ फागुनमा संयुक्त पत्रकार सम्मेलन गरेका माओवादी घटकले आज गर्ने भनिएको नागरिक अगुवा तथा बुद्धिजीविहरुसँग छलफल र अन्तरक्रिया स्थगित गरेका हुन ।

सोही बिषयमा माओवादी धारका पार्टीहरुले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?