बुबाको काजक्रियामा ३ छोरी

हिमालय टाइम्स
Read Time = 2 mins

-सरोज निरौला

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका-५ का तिन छोरीले बुबाको काजक्रिया गरेर समाजको पुरानो संस्कार तोडेका छन् ।

हिन्दु संस्कार अनुसार आमाबुवा र अन्य परिवारका सदस्यको मृत्यु भएमा छोरीले किरिया बस्नु हुँदैन भन्ने मान्यता रहँदै आएको छ । प्रायः बाबु आमाको मृत्युपछि छोराले नै काजकिरिया गर्ने गर्दछन् ।

तर उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ तेलतेलेस्थित निवासी नुरदेव भण्डारी हरिको निधनपछि तीन छोरीहरुले छोरासरह नै हिन्दु संस्कारअनुसार काजक्रिया बसेका छन् ।

मृतक नुरदेव र आमा मन्दिरा भण्डारीका तीन छोरीहरु १६ वर्षीया सृष्टि, माहिली छोरी १६ वर्षकै सृसा र १४ वर्षकी शुभेक्षा बाबुको काजकिरियामा बसेका हुन् । दुई वटै मिर्गौला फेल भएपछि उपचारको क्रममा नुरदेवको निधन भएको थियो ।

एकातिर शिक्षा र चेतनाको कमीले बुबाआमाको मृत्युपश्चात् काजक्रियामा छोरा नै चाहिन्छ भन्ने पुरानो चलन छ भने विस्तारै मानिसहरु शिक्षित बन्दै गएपछि छोरासरह नै छोरीले जिम्मेवारी पूरा गर्न काजक्रियामा बसेको उनीहरुको भनाइ छ ।

आफ्नै परम्परा, रितिरीवाजअनुसार काजकिरियामा रहेका उनीहरुको सकारात्मक सोचले देशमा पुरुषले मात्र होइन महिलाले पनि छोरा सरह कामगर्न सक्ने चुनौती दिएको स्थानीय बुद्धिजीविहरुले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?