काठमाडौं । आयरल्यान्ड ए ले पहिलो टी-२० खेलमा घरेलु टोली नेपाललाई २२३ रनको विशाल लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनायो।
आयरल्यान्ड ‘ए’ का लागि पिजे मुरले सर्वाधिक ४९ रन बनाए । केड कारमाइकल र निल रकले समान ३८ बनाउँदा स्टेफन डोहेनीले ३४ रनको योगदान दिए । रस अडेर २ मा सीमित हुँदा ग्यारेथ डेल्नी ३० र ग्याभिन होए १८ रन बनाउँदै अविजित खेले ।
बलिङ तर्फ नेपालका कमलसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए भने सागर ढकाल र आरिफ शेखले एक/एक विकेट लिए ।
विशाल लक्ष्य पच्छ्याएको नेपाले ए ले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
हिजोका लागि तय भएको उक्त खेल वर्षाका कारण स्थगित भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच