-राजेन्द्र गौतम
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिताको उलंघन गरेको पाइएको छ ।
उहाँले मतदान गर्दा पार्टीको चुनाव चिन्ह घण्टी अंकित व्याच लगाएर मतदान गर्दै निर्वाचन आचारसंहिताको बर्खिलाप गर्नु भएको हो ।
माङसेबुङ २ स्थयी घर भएका लिम्बूले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आविमा मतदान स्थलको (ख) केन्द्रबाट पहिलो बिहान ८ बझ्नु अगावै मतदान गर्नु भएका उहाँले लगाएको कोटमाथि घण्टी चिन्ह अंकित व्याच स्पष्ट देखिन्छ । जुन व्याचको रंग रास्वपाको झण्डाको रंगसँग समेत मिल्छ।
निर्वाचन आचारसंहितामा स्पष्ट लेखिएको छ,'मतदान केन्द्रमा कुनै राजनीति दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको सांकेतिक पोसाक, चिजबस्तु ल्याउन बोक्न वा देखाउन नहुने ।'
त्यसैगरी आचारसंहिताको अर्को बुँदामा 'मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारीको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत संकेत भएको पहिरन वा व्याच लगाउन नहुने' लेखिएको छ ।
तर उम्मेदवार लिम्बु स्वयंले स्पष्ट देखिने गरी चुनाव चिन्ह अंकित व्याच लगाएर मतदान गर्दै निर्वाचन आचारसंहिताको उल्लंघन गर्नु भएको हो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच