काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।
बैठकमा शुक्रवारबाट शुरु हुने वर्षे अधिवेशनमा पार्टीले संसदमा कसरी प्रश्तुत हुने भन्ने बारेमा छलफल हुनेछ । साथै पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा पनि छलफल हुनेछ ।
नेपाली काँग्रेसले यसअघिको हिउँदे अधिवेशनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा रकम हिनमिना गरेको आरोप लागेको भन्दै संसदीय छानबिन समिति बनाएर छानबिन गर्न माग गर्दै संसद अवरोध गरेको थियो ।
काँग्रेसले सभामुखसँग शिर्ष नेताहरुको बैठकमा पनि अहिले पनि संसदीय छानबिन समिति बनाएर गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नुपर्ने माग यथावत राखेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच