दाहाल नेतृत्वको वर्तमान सरकार पूरै कार्यकाल रहनेछ : उपाध्यक्ष पौडेल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले पूरै कार्यकाल काम गर्ने दाबी गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राख्नुभएको विश्वासको मतमाथिको छलफलका भाग लिँदैं उहाँले सो कुरा बताउनुभएको हो । उपाध्यक्ष पौडेलले प्रधानमन्त्री दाहाललाई अझ दह्रो कदमका साथ अघि बढन पनि आग्रह गर्नुभयो । उहाँले सिंगो देश र संसदले साथ दिने भएकाले प्रधानमन्त्री दाहालले पछि हट्नुपर्ने कुनै कारण नभएको बताउनु भयो । त्यस अवसरमा उपध्यक्ष पौडेलले प्रधानमन्त्री दाहाललाई सरकारमा सहभागी सबै दलले विश्वासको मत दिने विश्वास पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म सम्माननीय प्रधानमन्त्रीज्यु पुष्पकमल दाहाललाई अग्रिम रुपमा बधाई भन्न चाहन्छु-तपाईले हिजो भन्दा अझ फराकिलो आधारमा विश्वासको मत प्राप्त गर्दै हुनुहुन्छ । सम्माननीय प्रधानमन्त्रीज्यु तपाई दह्रो कदमका साथ अघि बढ्नुहोला । सिंगो सदनको तपाईलाई साथ हुनेछ । सिंगो राष्ट्रको साथ हुनेछ । आम नेपालीले साथ दिनेछन । र, यो प्रतिनिधिसभाले निर्वाचित गरेको यो सरकारले पूरा कार्यकाल पूरा गर्नेछ । यही विश्वासका साथमा नेकपा एमाले लगायत सरकारकामा सहभागी सबै राजनीतिक दलहरुको तर्फबाट विश्वासको मत प्रदान गरिने व्यहोरा अनुरोध गर्दछु ।’

उपाध्यक्ष पौडेलले मुलुकको विकास र समृद्धिको अभियानलाई तीव्रता दिन पनि सरकार र सत्तारुढ दलहरु प्रतिवद्ध भएर लागि परेको दाबी पनि गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?