पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Read Time = 2 mins

-रामचन्द्र रायमाझी
पाल्पा । पाल्पाको रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । गत विहीबार रामपुर नगरपालिका–६ तालपोखरास्थित भित्री पक्की सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका तिलकपुरका २२ वर्षीय दानबहादुर कुमालको आइतबार विहान मृत्यु भएको हो ।

रामपुरको तिलकपुरदेखि तालपोखरातर्फ जाँदै गरेको लु.७ प २३६४ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ५१ प ९७२ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किन पुगी लु.७ प २३६४ नम्वरको मोटरसाइकल चालक कुमाल घाइते हुनुभएको थियो । घाइते उहाँलाई रामपुर अस्पतालमा सामन्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रभास रिभर गरिएकोमा त्यहाँबाट थप उपचारका लागि भैरहवा पठाइएको थियो । उहाँको त्यहाँ उपचार भए पनि ९० प्रतिशत ब्रेन डेड भएकाले उपचार सम्भव नभएपछि डाक्टरले घर पठाएका थिए ।

कुमाललाई आफ्न्तले घर लैजादै गर्दा रामपुर अस्पतालमा चेकजाँच गर्दा डाक्टरले आइतबार विहान मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । दुर्घटनामा उहाँसँगै पछाडी सवार रहेका सोही ठाउँका २२ वर्षीय दिलबहादुर कुमाल पनि घाइते हुनुभएको थिए । यस्तै दुर्घटनामा परी बा ५१ प ९७२ नम्वरको मोटरसाइकल चालक रामपुर –६ गैटारका २० वर्षीय रामु विक र पछाडी सवार सोही ठाउँका १९ वर्षीय अनुप विक पनि घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?