आयोजक च्याम्पियन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले दोस्रो बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । नौ स्वर्ण, दुई रजत र पाँच कांस्यसाथ आयोजक टिम च्याम्पियन बन्यो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको प्रतियोगितामा पाँच स्वर्ण, चार रजत र सात कांस्यसाथ मनमैजु दोस्रो भयो । तेस्रो स्थानमा चित्त बुझाएको बालाजुले चार स्वर्ण, पाँच रजत र तीन कांस्य हात पार्‍यो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको पुरुषमा जैशीदेवलका समिर तामाङ तथा महिलामा मनमैजुकी स्मारिका तामाङ उत्कृष्ट खेलाडी घोषित हुनुभयो । सुरेन्द्र खड्गी उत्कृष्ट प्रशिक्षक चुनिनुभयो । उत्कृष्ट खेलाडीले जनही पाँच हजार तथा प्रशिक्षकले तीन हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । दुईदिने प्रतियोगितामा विभिन्न २३ स्पर्धामा करिब ३०० खेलाडी सहभागी थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?