काठमाडौं । पत्रकार विनोद देवकोटा सम्मानित हुनुभएकाे छ । देवकोटालाई हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०८० अन्तर्गत ‘हिमालयन पत्रकारिता सम्मान’ प्रदान गरिएको हो ।
उहाँलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेती र पत्रकार तथा लेखक प्रा. पुरुषोत्तम दाहालले सम्मान प्रदान गर्नुभएकाे हाे।
यसैगरी कार्यक्रममा पत्रकार विजयरत्न तुलाधरलाई ‘हिमालयन पत्रकारिता रजत सम्मान’ प्रदान गरिएको थियो । पत्रकार शान्तिप्रियलाई ‘हिमालयन पत्रकारिता विशेष सम्मान र किरणप्रसाद अधिकारीलाई मोफसल पत्रकारिता सम्मान अर्पण गरिएको हो ।
वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा भएको अवार्डको चौथो संस्करणमा वरिष्ठ गायिका ज्ञानु राणालाई दीर्घ साधना सम्मान प्रदान गरिएको छ । रक्षामन्त्रीउप्रेतीले राणालाई अवार्ड प्रदान गर्नुभयाे ।
यस्तै सिक्किमका साहित्यकार जीवन शर्मालाई ‘हिमालयन गीतरसंगीत विशेष सम्मान’, चलचित्र निर्माता तथा अभिनेत्री रुश्मा राईलाई ‘हिमालयन चलचित्र विशेष सम्मान’ र वरिष्ठ साहित्यकार खेमनाथ दाहाललाई हिमालयन विशेष साहित्य साधना सम्मान’ अर्पण गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच