श्रीमती र छोराको हत्या पछि आत्महत्या

हिमालय टाइम्स
Read Time = 2 mins

-मोहन वान्तवा राई

धनकुटा । धनकुटा नगरपालिका-१ निगालेका एक पुरुषले आफ्नो श्रीमती र छोराको हत्या गरीआफैले आत्माहत्या गरेका छन् ।

बुधबार राति धनकुटा नगरपालिका-१ निगाले निवासी ३५ वर्षिया टिकाराम गुरुङले ३६ वर्षिया श्रीमती भीमा गुरुङ र १० वर्षिया छोरा आयुस गुरुङको हत्या गरि आफुले समेत आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । टिकारामले श्रीमती र छोरीको हत्या गरी घरमा झुन्डिएर आत्माहत्या गरेका हुन् ।

टिकारामको जिउ काम्ने उपचार गरिरहनु पर्ने भएको र उनले अत्याधिक मादकपदार्थ सेवन गर्ने गरेको छिमेकीले बताएको धनकुटा प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयाे । बुधबार राति पौने १ बजे ६ वर्षिया छोरी आसिकी गुरुङलाई छिमेकीलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

टिकाराम गुरुङकी छोरी आसीकी गुरुङका अनुसार बुबाले आमा र दाजुलाई घाँटीमा समातेर टाउकामा कुटेको देखेको बताएकी प्रहरी एसपी कोइरालाले जानकारी दिनुभयाे । आफुलाई भने केही नभनेको पनि आसिकीले बताएको प्रहरीको भनाइ छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको पनि एसपी कोइरालाले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?