काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपक्षेले पदबाट राजीनामा दिनुभएको छ । सरकारविरुद्ध प्रदर्शन जारी रहँदा प्रधानमन्त्री राजपक्षेले पदबाट राजीनामा दिनुभएको हो । उहाँले राष्ट्रपति गोटाबाया राजपक्षेलाई राजीनामा पठाउनु भएको हो ।
देशमा अभूतपूर्व आर्थिक संकटविरुद्ध प्रदर्शन गरिरहेका मानिसहरुले राष्ट्रपति गोटाबाया राजपक्षे र उहाँको मन्त्रिमण्डलमाथि राजीनामा दिन दबाब दिइरहेका छन् ।
श्रीलंका सरकारले हाल देशमा संकटकाल लागू गरेको छ। स्थानीय मीडिया रिपोर्टहरुका अनुसार राष्ट्रपति भवनमा गोटाबायाको नेतृत्वमा भएको बैठकमा सहभागी महिन्दा राजपक्षेसँग राजीनामा दिन अनुरोध गरिएको थियो। जसलाई उहाँले स्वीकार गरेको बीबीसीले जनाएको छ ।
श्रीलंकामा क्याविनेटले प्रधानमन्त्री राजपक्षेले देशको खराब आर्थिक अवस्थालाई सम्हाल्न असफल भएका कारण राजीनामा दिएको जनाएको छ। उहाँको राजीनामा सँगै मन्त्रिमण्डल भंग भएको छ ।
श्रीलंकामा खाद्यान्न, पेट्रोल र औषधिको ठूलो मात्रामा कमी रहेको छ । स्वतन्त्रतापछि श्रीलंका सबैभन्दा ठूलो आर्थिक संकटमा फसेको छ । आर्थिक संकट चुलिएसँगै श्रीलंकाको जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।
-एजेन्सी
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच