डिडिसी र निजि डेरी जिम्मेवार हुँदा किसानको माग पुरा हुन्छ : अर्थमन्त्री महत

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले दुग्ध बिकास सस्थान(डिडिसी) र निजि डेरी जिम्मेवार हुदा किसानको माग पूरा हुने बताउनु भयो ।

बुधबार नवलपरासी आउनु भएको अर्थमन्त्री महतलाई भेटेर बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठले दुग्ध किसानका समस्या समाधानका लागी ब्यवस्था मिलाइदिन माग गर्दै ज्ञानप पत्र बुझाइएको छ । दुधको बजारीकरण र रकम भुक्तानीको ब्यवस्था मिलाउन अर्थमन्त्री डाक्टर प्रकाशशरण महतलाई ज्ञानप पत्रका बुझाए बर्दघाट नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।

बर्दघाट नगरले बुझाए ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री महतले सरकार मातहत रहेका सस्थानहरुलाई ॠण दिएर दुग्ध किसानको भुक्तानीका लागि तत्काल प्रक्रिया अघि बढाईने बताउनु भयो । सरकार दुग्ध किसानहरुका मागमा गम्भीर रहेको बताउदै मन्त्री महतले निजि डेरीका खरिद कर्ताहरुबाट समेत बजारिकरण र भुक्तानीको बाताबरण तयार गर्नका सराकार लागि परेको दावी गर्नु भयो ।

दुग्ध बिकास सस्थालाई किस्ता बन्दी रुपमा अर्थ मन्त्रालयबाट रकम निकास गर्ने बताउदै मन्त्री महतभन्नुहुन्छ 'अर्थ मन्त्रालय मार्फत दुग्ध बिकास सस्थान पहिले किस्ता मार्फत भुक्तानी गर्ने तयारी छ ।'

निजि डेरीहरुले पनि रकम भुक्तानी नगरेको बताउदै मन्त्री महतले निजि डेरीहरुले पनि आफ्नो दायित्व छिटो पुरा गरी किसानको समस्या समाधान गर्नु पर्ने उल्लेख गर्नु भयो ।

बर्दघाट नगरप्रमुख शम्भुललाल श्रेष्ठले दुधमा नगरपालिकाले किसानलाई उत्पादनका आधारमा अनुदान दिएपनी सबै दूध नगरमै खपत हुने अवस्था नहुदा पट्क पटक प्रदेश र संघमा समस्या समाधानका लागि पहल गरेको बताउनुभयो ।

'नगर प्रमुख श्रेष्ठले भन्नुभयो । हामी दुग्ध उत्पादन किसानको समस्यामा गम्भीर छौ,प्रदेशलाई पनि पत्राचार गरेका छौ,आज अर्थमन्त्रीलाई भेटेरै दुग्ध किसानका समस्या समाधानका लागी पहल गरेका छौं ।' नगरप्रमुख श्रेष्ठले भन्नूभयो ।

पछिल्लो समय दुधको बजारीकरण र नियमित भुक्तानिमा समस्या देखिएपछि किसानहरु आन्दोलित भएका छन । दुध बजारिकरण र नियमित भुक्तानीमा समेत कठिनाई हुन थालेपछि किसानहरुले बिरोध गरेका छन । केहि दिन अगाडि बर्दघाटका किसानले सडकमा नै विभिन्न माग राख्दै दूध पोखेर बिरोध जनाएका छ्न ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?