भोजपुर । आज (आइतबार)देखि अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर गोल्डकप हुँदैछ । ४९ लाख बढीको लागतमा भोजपुरको प्रतिष्ठित सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगिताको तयारी पूरा भएको छ ।
भोजपुर नगरपालिका-७, कोदारमा रहेको रंगशालामा सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको र खेलाडीहरूसमेत जिल्ला आइसकेकोे आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो । शनिबार रंगशालामा प्रतियोगिताका बारेमा जानकारी दिन गरिएको अन्तिम पत्रकार सम्मेलनमा अध्यक्ष सुवालले भन्नुभयो, ‘४९ लाख २५ हजार पाँच सय बराबरको अनुमानित लागतमा सञ्चालन हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको छ, आइतबारबाट प्रतियोगिताका खेलहरू नियमित सञ्चालन हुनेछन् ।’
वैशाख ९ गतेबाट १५ सम्म सञ्चालन हुने प्रतियोगिता जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा हुन लागेको हो । प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगितामा यस वर्ष भारतको एकसहित नेपालका दुईवटा ‘ए’ डिभिजन क्लबले पनि भाग लिनेछन् । प्रतियोगितामा जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडौं, चर्च व्बाइज युनाइटेड काठमाडौं, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटबल संघले सहभागिता जनाउनेछन् ।
प्रतियोगिता सञ्चालनका लागि भोजपुर नगरपालिकाले ३० लाख आर्थिक सहयोग गरेको छ भने अन्य रकम संकलन गरिने आयोजक जिल्ला फुटवल संघका अध्यक्ष सुवालले जानकारी दिनुभयो । अहिलेसम्म करिब ११ लाख रकम संकलन भइसकेको छ भने अन्य रकम पनि संकलन गरिनेछ । प्रतियोगिता सञ्चालनमा सहयोग गर्न सबै पक्षलाई आयोजक संस्थाले आग्रहसमेत गरेको छ । प्रतियोगिताको सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ भने प्रायोजकहरूमा साल्ट ट्रेडिङ कार्पोरेसन, शिवम् फुटवेयर्स प्रालि, सांग्रिला चप्पल, यु डी बिल्डर्स भोजपुर र तेज कन्स्ट्रक्सन काभ्रेलगायतका संघ संस्थाहरू छन् । प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउनेछन् ।
अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था गरिएकोे छ । आज (आइतबार) उद्घाटनपछिको पहिलो खेल भारतको जर्जियन फुटबल क्लब र त्रिभुवन आर्मी क्लब काठमाडौं बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल संघको खेल तालिकामा उल्लेख गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच