काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको मतगणना आज हुने भएको छ । मतमेटिका राति नै संकलन भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
हिजो नै हुने भनिएको मतगणना माङ्सेबुङ, फाकफोक र चुलाचुली गाउँपालिका लगायतको मतपेटिका आउन ढिला भएपछि आज सुरु हुन लागेको हो ।
मतगणनाका लागि आज बिहान ७ बजे सर्वदलीय बैठक बोलाइएको छ । त्यसपछि इलाम नगरपालिकास्थित सिटी हलको (गौतम बुद्ध सभागृह) मा मत गनिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणनाका लागि शनिबारै सभागृहको हलमा ११ वटा सीसी क्यामेरा जडान गरिएको छ।
इलाम–२ मा शनिबार भएको मतदानमा जम्माजम्मी ५८ प्रतिशत मत खसेको थियो । निर्वाचन आयोगका अनुसार इलाम २ मा एक लाख १६ हजार ८८९ मतदाता छन् ।
यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवारले चुनावी प्रतिष्पर्धामा छन् । एमाले सांसद सुवासकुमार नेम्वाङको निधनपछि रिक्त रहेको निर्वाचन क्षेत्रका लागि शनिबार मतदान भएको हो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच