काठमाडौं । रिलायन्स कलेजले चौथो राष्ट्रव्यापी एसइई निबन्ध प्रतियोगिता गर्ने भएको छ । विगत चार वर्षदेखि सञ्चालन हुँदै आएको प्रतियोगितामा एसइई दिएर बसेका विद्यार्थीहरूमात्र सहभागी हुन पाउनेछन् । यस प्रतियोगितामा भाग लिन चाहने विद्यार्थीले असार १० गतेभित्र निबन्ध पठाइसक्नुपर्ने कलेजका प्रिन्सिपल रविन्द्रजंग थापाले जानकारी दिनुभयो । विद्यार्थीहरूले ‘विकासको आधार : सीप, प्रविधि र पूर्वाधार’ शीर्षकमा ३०० शब्द नबढाई नेपाली वा अंग्रेजी भाषामध्ये एकमा आफ्नो निबन्ध पठाउन सक्नेछन् । निबन्ध पठाउन कलेजको इमेल वा चाबहिल, सरस्वतीनगरस्थित कार्यालयमै गएर पनि बुझाउन सक्नेछन् ।
प्रतियोगितामा सहभागीमध्ये १३ उत्कृष्ट विद्यार्थीलाई नगद, ठूलोमात्रामा छात्रवृत्ति, प्रमाणपत्र र अन्य पुरस्कार प्रदान गरिने कलेजका शैक्षिक निर्देशक वीरेन्द्रकुमार मेहताले जानकारी दिनुभयो । देशैभरिबाट संकलन हुने निबन्धमध्ये प्रथम हुने एकजनालाई १५ हजार नगद, कक्षा ११ को भर्नामा पूर्ण छुट, १२ महिनाकै मासिक किस्ता छुट गरिनेछ ।
द्वितीय हुने एकजनालाई नगद दश हजार, कक्षा ११ को भर्नामा पूर्ण छुट, नौ महिनाको मासिक किस्ता छुट गरिनेछ । तृतीय हुने एकजनालाई कक्षा ११ को भर्नामा पूर्ण छुट, ६ महिनाको मासिक किस्ता छुट गरिनेछ । साथै सान्त्वना हुने १० जनालाई कक्षा ११ को भर्नामा पचास प्रतिशत छुट, दुई महिनाको मासिक किस्ता छुट गरिनेछ । त्यसका अलावा १३ जनालाई नै प्रमाणपत्र तथा अन्य पुरस्कारहरूबाट सम्मान गरिनेसमेत मेहताले जानकारी दिनुभयो ।
सामाजिक उत्तरदायित्वलाई बहन गर्ने र एसइई दिएर बसेका विद्यार्थीहरूलाई उनीहरूको लेखन एवं सिर्जनात्मक कलालाई उजागर गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गरिने यो निबन्ध प्रतियोगिता आफैंमा एउटा उत्कृष्ट अभियान रहेको कलेजले जनाएको छ । यसको नतिजा प्रकाशन २०८१ साल असार २० गते कलेजको आधिकारिक फेसबुक पेजमा प्रकाशन गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच