नेप्का र ग्वान्झाओ आर्विटेसनबीच सहकार्य

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल मध्यस्थता परिषद् (नेप्का) र चाइनास्थित ग्वान्झाओ आर्विट्रेसन कमिसनबीच अन्तर्राष्ट्रिय मध्यस्थताको विषयमा सहकार्य गर्ने ग्वान्झाओमा एक कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । ग्वान्झाओ आर्विट्रेसन कमिसनद्वारा आयोजित कार्यक्रममा नेप्काका अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारी र ग्वान्झाओ आर्विट्रेसन कमिशनका महानिर्देशक छेन सिमिङले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

उक्त कार्यक्रममा ग्वान्झाओका लागि नेपालका महावाणिज्यदूत हरिशरण पुडासैनीले नेपाल मध्यस्थता परिषद् र ग्वान्झाओ आर्विट्रेसन कमिसनबीच भएको समझदारीपत्रले दुई देशबीचको आपसी सम्बन्ध थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दैै व्यावसायिक प्रकृतिका विवाद समाधानका लागि नेपालले गरेको प्रयास र उपलब्धिलाई विश्वकै आर्थिक केन्द्रका रूपमा विकास भइरहेको ग्वान्झाओ सहरमा रहेको ग्वान्झाओ आर्विट्रेसन कमिसनमार्फत उजागर गर्नु प्रशंसनीय रहेको बताउनुभयो ।

नेप्काको यस कार्यले विदेशका लगानीकर्तालाई नेपालप्रति आकर्षित गर्न र नेपालमा विदेशी लगाउन भित्र्याउन महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको पनि उहाँले बताउनुभयो । ग्वान्झाओ आर्विट्रेसन कमिसनका निर्देशक छेन सिमिङले नेपाल मध्यस्थता परिषद्सँग भएको समझदारीले अन्तर्राष्ट्रिय मध्यस्थताको विस्तार र सुदृढीकरणका लागि थप बल पुग्ने भन्दै दुई देशबीचको आपसी सम्बन्ध मजबुत बनाउनसमेत यस कार्यले सहयोग पुर्‍याउने बताउनुभयो । नेपाल मध्यस्थता परिषद्का अध्यक्ष अधिकारीले अन्तर्राष्ट्रिय मध्यस्थताका लागि नेपाल र नेपाल मध्यस्थता परिषद् एक उपयुक्त स्थान हुने र आपसी सहकार्यबाट अन्तर्राष्ट्रिय मध्यस्थताका लागि दुवै संस्थाले मिलेर काम गर्नसक्ने बताउनुभयो ।

परिषद्का अनुसार समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा नेपाल मध्यस्थता परिषद्का महासचिव अधिवक्ता बाबुराम दाहाल र सचिव अधिवक्ता थानेश्वर काफ्ले, महावाणिज्य दूतावासका वाणिज्यदूत कुञ्जन शाह र ग्वान्झाओ आर्विट्रेशन कमिशनका दो योङयाङ लगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?