पुतलीबजारमा श्रीमानद्वारा श्रीमतीको हत्या

हिमालय टाइम्स
Read Time = 1 min

-युवराज पौडेल
स्याङ्जा । स्याङ्जा जिल्लाको पुतलीबजारमा श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेका छन् । पुतलीबजार नगरपालिका वडा नं-८ का ४० वर्षीय गोपाल दमैले आफ्नै श्रीमती ४२ वर्षकी मञ्जु दमैलाई कुटपिट गरी हत्या गरेका हुन् ।

उनले भदौ ५ गते दिउसो कुटपिट गरी टाउकोमा घाइते बनाएपछि गाउँलेले उपचारका लागि स्याङ्जा जिल्ला अस्पतालमा लगेका थिए । स्याङ्जा अस्पतालमा उपचार हुन नसकेपछि उनलाई तत्कालै मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको थियो ।

मणिपाल अस्पतालमा उपचारका क्रममा उनको भदौ १५ गते मृत्यु भएको थियो । निज श्रीमान् गोपाल दमैलाई भदौ १६ मा पोखराबाट प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका नायव उपरीक्षक रविन्द्र खनालले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?