पाकिस्तानद्वारा फतह-२ मिसाइलको सफल परीक्षण

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । पाकिस्तानले फतह-२ मिसाइलको सफल परीक्षण गरेको छ ।

पाकिस्तानले ४ सय किलोमिटर टाढासम्म निशासा साँध्न सक्ने फतह-२ मिसाइलको सफल उडान परीक्षण गरेको इन्टर सर्भिसेस पब्लिक रिलेसन (आईएसपीआर) ले जनाएको हो ।

पाकिस्तानी सेनाको मिडिया शाखा आईएसपीआरले उक्त मिसाइल अत्याधुनिक एभियोनिक्स, अत्याधुनिक नेभिगेसन प्रणाली र अनौठो उडान प्रक्षेपणले सुसज्जित रहेको जनाएको छ ।

आईएसपीआरकाअनुसार हतियार प्रणाली ४ सय किलोमिटरको दायरासम्म लक्ष्य साँध्न सक्छ । पाकिस्तानी राष्ट्रपति आरिफ अल्वी र प्रधानमन्त्री अनवर-उल–हक काकरले उडान परीक्षण सफल भएकोमा सहभागी सेना र वैज्ञानिकहरूलाई बधाई दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?