सत्ता गठबन्धनले उत्तेजनापूर्ण गतिविधि गरी निर्वाचनको वातावरण बिथोल्ने काम गर्‍यो : ओली

Read Time = 3 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सम्मन्न स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय गठबन्धनले केही स्थानमा एमालेविरूद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्य गरेको भन्दै आपत्ति जनाउनु भएको छ ।

स्थानीय तहको निर्वाचन सकिएपछि एक विज्ञप्ति जारी गर्दै ‌ओलीले सत्ता गठबन्धनको निर्वाचन नै नगराउने षड्यन्त्रलाई चिर्दै आज वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको उल्लेख गर्नुभएको हो ।

प्रतिकूलतालाई पन्छाउँदै लाखौं नयाँ मतदाता र १ सय १३ वर्ष उमेरको पाको ज्येष्ठ नागरिकसम्मले आधारभूत तहको लोकतन्त्रलाई सुदृढ गर्न उत्साहका साथ मतदान गरेको ओलीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उहाँले मतदानमा भाग लिएका आम मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

'हामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहन्थ्यौं । भयरहित वातावरणमा स्वच्छ निर्वाचनको लागि हाम्रो पार्टी, यसका नेता, कार्यकर्ता, सदस्य र समर्थकबाट लोकतान्त्रिक अधिकतम सकारात्मक भूमिका निर्वाह भयो । तर सत्तापक्षीय गठबन्धनले केही स्थानमा हाम्रा विरूद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्यसमेत गयो' अध्यक्ष ओलीले विज्ञप्तिमा भन्नुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?