ग्रिनल्याण्ड, एन्जल्स हार्ट र भ्याली पब्लिकलाई उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ग्रिनल्याण्ड, एन्जल्स हार्ट र भ्याली पब्लिकले दसौँ ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । ग्रिनल्याण्ड सिनियर ब्वाइज, एन्जल्स हार्ट जुनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गल्र्समा च्याम्पियन बने ।

बाफलस्थित आयोजक ग्रिनफिल्ड नेसनल स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्याण्डले जेनिथलाई ६१-६० को साँघुरो अन्तरले पराजित गर्‍यो । ग्रिनल्याण्डका प्रवीण गुरुङले ३१ अंक जोड्नुभयो । जुनियर ब्वाइजको फाइनलमा एन्जल्स हार्टले ज्ञान निकेतनलाई ३०-२२ ले हरायो । एन्जल्स हार्टका रूपेश पौडेलले सात स्कोर गर्नुभयो ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले संस्कृतिलाई ३४-१८ ले पाखा लगायो । भ्याली पब्लिककी अनिता गुरुङले १० स्कोर गर्नुभयो । सिनियर ब्वाइजमा ग्रिनल्याण्डका प्रवीण गुरुङ, जुनियर ब्वाइजमा एन्जल्स हार्टका रूपेश पौडेल र सिनियर गल्र्समा भ्याली पब्लिककी मुस्कान गुरुङ ‘मोष्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?