बारा । द सहारा लोन सेभिङ्स को–अपरेटिभ सोसाइटी लिमिटेड मधेश प्रदेशकै नमुना सहकारी रहेको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले बताउनुभयो । बाराको सदरमुकाम कलैयामा सोमबार आयोजना गरिएको सहकारीको २७औँ वार्षिक साधारणसभामा महागढीमाई नगरपालिकाका नगरप्रमुख यादवले मधेश प्रदेशको नमुना सहकारी रहेको बताउनुभएको हो ।
सर्लाहीको मलंगवामा प्रधान कार्यालय रहे पनि मधेश प्रदेशको अधिकांश जिल्लामा शाखा विस्तार गरी गरिब, दलितको पहुँचसम्म सेवा पुर्याउन सफल सहकारीले हरेक तह तथा तप्कालाई समेट्न सफल भएको यादवको भनाइ थियो । हाल बारा जिल्लामा यस सहकारीमा तीन हजारभन्दा बढी सेयर सदस्य रहेका छन् । संस्थाले कोरोना महामारीमा पनि सदस्यलाई सहयोग गरेको थियो ।
अहिले देशमा आर्थिक संकटका कारण लगाइएको ऋण उठाउनसमेत गाह्रो रहेको अवस्थामा पनि जनतामाझमा रहेर ऋण लगाउनु र बचत गर्न लगाउनु सराहनीय रहेको मेयर यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिनाधितो ऋण लगानी गर्नु सहज कुरो होइन । अहिले देशका अधिकांश बैंकहरूले लगानी गर्न बन्द गरेका छन्, लगानी गरे पनि चर्को ब्याजका कारण सर्वसाधारणले ऋण पाउन गाह्रो भएको छ । तर पनि सहाराले समाजमा लगानी गरेर जनताको आवश्यकता पूरा गर्दै आएको छ । सहकारी हाम्रो बैंक हो । सहकारीमा हामी सबैले लगानी गर्नुपर्छ । सहकारी अघि बढे समाज अघि बढ्छ, त्यसैले सहकारीमा लगानी गर्न डराउनुपर्दैन तर ऋण लिएर त्यसको सदुपयोग गर्नुपर्दछ । ऋण अघि बढ्ने माध्यम हो । सदुपयोग गर्न सकिएन भने ऋणले डुबाउँछ । झन् दुखी बनाउँछ ।’ सो अवसरमा नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास, उद्योग वाणिज्य संघ बाराका अध्यक्ष राजकुमार साहलगायतको पनि उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच